काठमाण्डौ । आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहमति भएपछि सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्टिय जनता पार्टी लगायत आन्दोलनरत मधेशवादीहरुलाई चुनावमा सहभागी गराउन भन्दै पूर्व निर्धारित मिति सारेको हो । 

निर्वाचनको मितिसँगै मनोनयन दर्ता लगायतका चुनावी कार्यक्रममा समेत हेरफेर हुने निर्वाचन आयोगले जनाएको छ । 

यसअघि आइतबार साँझ दलका शीर्ष नेताहरुको बैठकले पूर्वनिर्धारित चुनावको मिति सार्ने अनौपचारिक सहमति कायम गरेको थियो । 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सबै दलको सहमति रहेपछि निर्वाचन आयोगका अधिकारीहरुसँग छलफल गरी नयाँ निर्वाचन मिति असार ९ गतेलाई तोकेका हुन् । 

पहिलो चरणको निर्वाचन बैशाख ३१ गते तीनवटा प्रदेशमा भएको थियो । अब दोश्रो चरणको निर्वाचन बाँकी ४ प्रदेशहरुमा हुनेछ ।