काठमाण्डौ । चीनको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी ‘अलीबाबा’ का को–फाउन्डर तथा प्रमुख ज्याक मा आफ्नो ५५ औँ जन्मोत्सव भोलि सेप्टेम्बर १० तारेखमा मनाउँदैछन् । ज्याक मा आफ्नो जन्मोत्सवकै दिन कम्पनीबाट बिदा लिँदैछन् ।

अलीबाब सुरु गर्नुअघि ज्याक मा एक सामान्य शिक्षक थिए । कम्पनी छाडेपछि पुनः उनी शिक्षक पेसामै गएर मानवसेवा गर्ने सोचमा छन् । संयोग नै भन्नुपर्छ चीनमा सेप्टेम्बर १० मै शिक्षक दिवस पनि मनाइन्छ ।

एक सामान्य शिक्षक एसियाकै सबैभन्दा धनी व्यक्ति बन्दासम्मको सफल यात्रा तय गर्नुमा ज्याक माको कथा निकै प्रेरणादायिक छ ।

ज्याक माको जन्म निकै साधारण परिवारमा भएको थियो । उनका पिता कम पढेलेखेका थिए । उनका पिताले मासिक ४० डलर मासिक निवृत्तिभरबाट परिवारको गुजारा चलाउँथे ।

ज्याक मा एक सफल कारोबारीका रुपमा विश्वमा आफ्नो छापा छाडेका छन् । तर सुरुआती चरणमा यिनै ज्याक मालाई ३० भन्दा बढी कम्पनीले जागिर दिन नमानेको सुन्दा अचम्म लाग्न छ । उनले केएफसीमा पनि जागिरका लागि आवेदन दिएका थिए तर उनलाई छनोट नै गरिएन ।

हाङ्गझु टिचर्स कलेजमा इंग्लिसमा ग्रयाजुएसन पूरा गरेका ज्याक मा तयहीको एउटा युनिभर्सिटीमा शिक्षकका रुपमा आफ्नो करिअरको सुरुआत गरेका थिए । इन्टरनेटको सम्पर्कमा आएपछि ज्याक माले युनिभर्सिटीको जागिर छाडिदिए । उनले इन्टरनेटसम्बन्धी कुनै नयाँ काम गर्ने सोच बनाए । उनी भन्छन्, ‘जब मैले पहिलोपटक कम्प्युटरको की–बोर्ड छोएँ र इन्टरनेट प्रयोग गर्न थालेँ तब मलाई लाग्यो यसले विश्व र चीनको भविष्य बदल्न सकिन्छ ।’

इन्टरनेटका माध्यमबाट सानो व्यापारीद्वारा सामान अनलाइन खरिद गर्ने र बेच्ने सम्भावनालाई ज्याक माले पहिचान गरे र सुरुआत गरेर अलीबाबा कम्पनी । ज्याक माले १७ जना मानिससँग मिलेर चीनको झेजियाङको हाङ्गझुमा आफ्नो अपार्टमेन्टमा अलीबाबाको स्थापना गरेका थिए । उनले यसका लागि साथीहरुबाट ६० हजार डलर सापटी लिएका थिए ।

ज्याक माको कम्पनी अलीबाबाले इन्टरनेट विस्तारका साथै तीव्रगतिमा सफलता आर्जित गर्यो । दुई दशकभित्रै यो कम्पनी विश्वकै विशाल ई–कमर्श कम्पनी बन्न पुग्यो । अहिले कम्पनीको भ्याल्यू करिब ४२०.८ अर्ब डलर रहेको छ ।

ज्याक मा चीनका सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनी एसियामै पनि सबैभन्दा धनाढ्य व्यक्ति थिए तर हालै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले उनलाई पछि पारेका छन् । फोब्र्सका अनुसार ज्याक माको कुल सम्पत्ति ३६.६ बिलियन डलर रहेको छ ।

सञ्चारमाध्यमहरुका अनुसार ज्याक माको चीनमा कतिपय घरहरुमा भगवानसरह पूजा पनि गरिन्छ । कतिपय चिनियाँको घरमा उनको तस्बिर पनि राखिएको देख्न सकिन्छ । – एजेन्सी