काठमाण्डौ । एनएमबी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनएमबी म्युचअल फन्ड योजना व्यवस्थापक रहेको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ को स्वामित्व रहेको विभिन्न बैंक तथा वित्तीयको सेयर र ऋणपत्रहरु आज बिहीबारबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले विभिन्न बैंक तथा वित्तीयमा आफ्नो स्वामित्वमा रहेको ४७ हजार ६७० कित्ता सेयर र १ लाख ७४ हजार इकाइ ऋणपत्र लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको हो ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले आफ्नो स्वामित्वमा रहेको कैलाश विकास बैंक लिमिटेडको १५८५८, सहयोगी विकास बैंक लिमिटेडको १५ हजार ४०, एनएमबी बैंक लिमिटेडको ९ हजार ६६८, छिमेक लघुवित्त वित्तीय संस्थाको २ हजार १८५ र ग्लोबल आईएमई बैंक लिमिटेडको २ हजार २५५ कित्ता सेयर लिलामीमा राखेको छ । यी बैंैक तथा वित्तीय संस्थाको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले गोप्य शिलबन्दी पेस गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि बोलकबोल पेस गर्नुपर्ने छ भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् र सोभन्दामाथि १० अंकले भाग जाने गरी अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछन् । 

त्यस्तै फन्ड १ को स्वामित्वमा रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९९६, मुक्तिनाथ विकास बैंक लिमिटेडको ७५३, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२६, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको ३०३, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको २८४ र बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता सेयर लिलामीमा राखेको छ । त्यस्तै लगानीकर्ताले गोप्य शिलबन्दी पेस गर्दा यी बैंक तथा वित्तीय संस्थाका लागि पनि प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि बोलकबोल पेस गर्नुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् र सोभन्दामाथि १० अंकले भाग जाने गरी अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछन् ।

यी बैंक तथा वित्तीय संस्थाको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले गोप्य शिलबन्दी पेस गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि बोलकबोल पेस गर्नुपर्ने छ ।

यसैगरी फन्ड १ ले आफ्नो स्वामित्वको १०% सानिमा डिबेन्चर २०८५ को ५० हजार इकाइ, १०.५% एसबीएल डिबेन्चर २०८२ को ५० हजार, ११% एनआईसी एसिया डिबेन्चर २०८२/८३ को ६० हजार, ८% बीओके डिबेन्चर २०७९ को १० हजार र ८% ईबीएल डिबेन्चर २०७८ को ४ हजार इकाइ लिलामीमा राखेको छ । यी डिबेन्चेरहरुको न्यूनतम मूल्य प्रतिऋणपत्र क्रमशः १ हजार १४, १ हरा २७, एक हजार ५४, १ हजार र १ हजार रुपैयाँ तोकिएकोले लगानीकर्ताले सोभन्दा माथि बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले गोप्य शिलबन्दी न्यूनतम १ हजार इकाइका लागि आवेदन दिन सक्नेछन् र सोभन्दामाथि १० अंकले भाग जाने गरी अधिकतम कित्ताका लागि आवेदन दिन सकिनेछन् ।

गोप्य शिलबन्दी बोलपत्र मंसिर ११ गतेसम्म पेस गर्नुपर्नेछ । लिलामी प्रक्रियाको योजना व्यवस्थापकमा एनएमबी क्यापिल लिमिटेड रहेको छ ।