काठमाण्डौ। संयुक्त राष्ट्रसंघले कोरोनाभाइरसको महामारीले विश्वमा मानसिक स्वास्थ्य संकटको बिजारोपण गरेको चेतावनी दिएको छ। यसको समाधानका लागि राष्ट्रसंघले पर्याप्त लगानी गर्नसमेत आह्वान गरेको छ।

संयुुक्त राष्ट्रसंघकी मानसिक स्वास्थ्य विभागका निर्देशक डेभोरा केस्टेलले महामारीले निम्त्याएको एक्लोपन, भय, त्रास, अनिश्चिता र आर्थिक नोक्सानीले गर्दा मानिसहरुमा मानसिक तनाव उत्पन्न गराएको बताएकी छन्। उनले भनिन् “यो संकटले समाजको मानसिक स्वास्थ्य र लाभलाई नराम्ररी प्रभावित पारेको छ र यसलाई सम्बोधन गर्नुु अत्यावश्यक रहेको छ।” 

डेभोराले एक प्रतिवेदन प्रस्तुुत गर्दै कोरोनाभाइरसको भयले स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी, वृद्धवृद्धा, स्वास्थ्य समस्या भएका बिरामी, बालबच्चा र महिलामा मानसिक तनाव सिर्जना गरेको उल्लेख गरेकी छन्। कोरोनाभाइरसले विश्वभरका ४३ लाखभन्दा धेरै मानिसहरुलाई संक्रमित बनाइसकेको छ भने यसबाट मृत्युु हुुनेको संख्या पनि ३ लाख पुुगिसकेको छ। 

विगतका केही महिनामा मानसिक स्वास्थ्य सहायता प्रदान गर्ने नविनतम उपायहरु कार्यान्वयन भइसकेका थिए तर महामारी देखिनुुभन्दा अघि यस विषयमा ऐतिहासिक रुपमा देखिएको लगानीको कमीले यो कार्य सोचेअनुुरुप अघि बढ्न सकेको थिएन। 

प्रतिवेदनले कोरोनाको महामारी फैलनुपूर्व डिप्रेसेन र चिन्ताको उपचारमा विश्व अर्थतन्त्रमा १ खर्ब डलरभन्दा धेरै खर्च गरिएको र प्रत्येक १० हजार मानिसमा १ जनाभन्दा कम मानसिक स्वास्थ्य विशेषज्ञहरु रहेको उल्लेख गरिएको छ। डिप्रेसनले विश्वका २६४ मिलियन मानिसहरु प्रभावित बनेका छन्। 

संयुुक्त राष्ट्रसंघका अनुुसार विश्वका देशहरुले औसतमा आफ्नो कुुल स्वास्थ्य सेवा बजेटको जम्मा दुुई प्रतिशतमात्रै मानसिक स्वास्थ्यमा खर्च गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ। डेभोराले विश्वका देशहरुलाई मानसिक स्वास्थ्य हेरचाह सेवालाई संस्थागतबाट समुुदायमा परिणत गर्न सुुझाव दिएकी छन्। यसका साथै उनले विश्वका देशहरुले स्वास्थ्य बिमामा मानसिक स्वास्थ्य अवस्थालाई पनि समेट्न र गुुणस्तरीय मानसिक स्वास्थ्य तथा सामाजिक हेरचाहका लागि मानव संसाधन तयार पार्नसमेत सल्लाह दिएकी छन्। 

प्रतिवेदनमा अप्रिल महिनामा इथियोपियाका ३३ प्रतिशत जनतामा डिप्रेसनको समस्या देखिएको उल्लेख गरिएको छ। जुुन कोरोनाको महामारी फेलनुुअघि भन्दा तीनगुुणा धेरै हो। 

संयुुक्त राष्ट्रसंघले यो डिप्रेसनबाट बच्नका लागि मानिसहरुले मद्यपान, धूमपान र सम्भावित लतयुुक्त क्रियाकलाप जस्तै अनलाइन गेमहरुमा अभिरुचि राख्न सक्ने जनाएको छ। 

यसैगरी संयुक्त राष्ट्रसंघको अर्काे अध्ययनले क्यानडाका १५ देखि ४९ वर्षका पाँच भागको एक भाग मानिसहरु पहिलेभन्दा धेरै मदिरा पिउन थालेको तथ्य सार्वजनिक गरेको छ। कोरोनासँग लड्नका लागि चालिएका अन्य उपायहरुमा यससंग जोडिएको मानसिक स्वास्थ्यलाई पनि समेट्न राष्ट्रसंघले जोड दिएको छ। – एजेन्सी