काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न लागिपरेका बेलायतका अग्रणी वैज्ञानिकहरुले यो सफल हुुने सम्भावना ५० प्रतिशत मात्रै रहेको चेतावनी दिएका छन् । विशेषज्ञहरुको समूहलाई नेतृत्व गर्ने अक्सफोर्ड युुनिभर्सिटीका प्राध्यापक एड्रियन हिलले कोरोनाको प्रकोप घट्दै गर्दा यसविरुद्धको भ्याक्सिन पत्ता लाग्ने सम्भावना पनि तीव्र गतिमा घट्दै गइरहेको बताए । 

औषधि निर्माता दिग्गज कम्पनी एस्त्राजेनेकाले यो साता अमेरिकी सरकारलाई कोरोनाविरुद्धको अप्रमाणित ४०० मिलियन डोजको भ्याक्सिन प्रदान गर्न १.२ बिलियन डलरको सम्झौता गरेको थियो । बेलायत सरकारले पनि यो भ्याक्सिनको  १०० मिलियन डोजका लागि पैसा तिर्न सहमत भएको छ र बेलायती जनताका लागि पहिलो आपूर्ति सेप्टेम्बर महिनामा गर्नुुपर्ने जनाएको छ । 

कुुनै पनि भ्याक्सिनले विश्वका देशहरुलाई लकडाउनसहितको प्रतिबन्धहरुमा पूर्णविराम लगाउन र मानिसहरुलाई काममा फर्कन तथा अर्थतन्त्रलाई पुुर्नजिवित गर्न अनुुमति प्रदान गर्नेछ । 

प्राध्यापक हिलका अनुुसार कोरोनाभाइरस हराउँदै गर्दा, यस विरुद्धको भ्याक्सिन विकासमा सफलता हासिल हुुने सम्भावना पनि हराइरहेको छ । 
लकडाउनमा रहेका देशहरुका कारण भाइरसको प्रकोपमा कमी आउने गर्दछ, जसले वैज्ञानिकहरुलाई उनीहरुको भ्याक्सिनको प्रभाव प्रमाणित गर्न मुश्किल पर्ने देखिन्छ । 

प्राध्यापक हिलले आफूहरु यो वर्षको सुुरुवातमा कोरोना विरुद्धको भ्याक्सिन विकास हुुनेमा ८० प्रतिशत सुुनिश्चित रहेको तर अहिले यो घटेर ५० प्रतिशतमा पुुगेको बताए । “हामी अहिले केही समयसम्मका लागि कोरोनाको संक्रमण रहन चाहेको विचित्र अवस्थामा रहेका छौ तर केसहरु घटिरहेका छन् ।” उनले भने । 

उनले कोरोना विरुद्धको भ्याक्सिन परीक्षणका लागि भर्ना गरिएका १० हजार मानिसमध्ये प्लेसबो दिइएकाध्ये ५० जनाभन्दा कमलाई मात्रै कोरोनाभाइरसले संक्रमित पार्ने अनुुमान लगाए । यदि २० भन्दा कम परीक्षण पोजेटिभ देखिए सबै नतिजा बेकार हुुने चेतावनी दिए ।