काठमाण्डौ । साताको सेयर कारोबारको पहिलो दिन आइतबार बिजशालाको नियमित स्तम्भका लागि हामी न्यूूप्लाजामा रहेका ५ वटा ब्रोकरहाउस पुुग्यौं । 

आम लगानीकर्ताहरुको बजारप्रतिको मनोविज्ञानलाई उतार्ने हाम्रो प्रयत्नस्वरुप कारोबारको पहिलो प्रहर बिहान ११ बजे स्टक ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युुरिटीज कम्पनी लिमिटेड उक्लियौं ।

एघार बजेदेखि बजारको गिरावट हुने निरन्तरता पाइरहेको थियो । केही क्षणमा नै बाक्लै उपस्थिति रहेको सो ब्रोकरहाउसमा रहेका एक लगानीकर्ताले ११ सय प्रतिकित्ता सेरोफेरोमा घुमिरहेको नेपाल लाइफ इन्स्योरेन्सले ५० प्रतिशत लाभांश घोषणा हुने लख काटिरहेका थिए । 

हिजोआज मिडियामा खुला रुपमै प्रभुु बैंक र एनसीसी बैंक मर्जर बारेको समाचारप्रति सो ब्रोकरहाउसमा भेला भएका अधिकांश लगानीकर्ताले रोष प्रकट गरिरहेका थिए । गुुरु न्यौपानेलाई इन्साइडरमा नियामकले कार्वाही गर्दा एनसीसी बैंक मर्जर कमिटीका उपसंयोजक निर्मल प्रधानलाई पनि कार्वाहीको दायरामा ल्याउनुपर्ने बहस निकैबेर चल्यो ।

‘निर्मल प्रधानले प्रभुु बैंक उठाएर एनसीसी चाहिँ खाने(किन्ने) दाउमा होलान् अनि सार्वजनिक रुपमै मर्जरकै बारे बोले।’–एक लगानीकर्ताले जिकिर गरे । ‘होला होला प्रधानले जहिले उल्टो कुुरा गर्छन। प्रभुु किन्दै होलान् र त भाउ बढिरहेको छ नि ।’–अर्का लगानीकर्ताले आरोप लगाए ।

यसैबीच, एक लगानीकर्ताले ग्लोबल आइएमई बैंकको सेयर प्रतिकित्ता २६० मै आउने दाबी गर्न समेत भ्याए । ‘प्रभुु बैंक र ग्लोबल आइएमई बैंक उस्तै त हो नि।’ ती लगानीकर्ताले प्रष्ट्याए । ‘बैंकहरुको इण्डेक्स घट्यो।’–अर्का लगानीकर्ताले चिन्ता व्यक्त गरे ।

‘सुुरुमा इण्डेक्स घटाएर लाष्टमा बढाउँछन्।’–एक लगानीकर्ताले अनुुमान लगाए । ‘करेक्सनै हो त दाइ ?’अर्का लगानीकर्ताले प्रश्न तेस्र्याए । ‘खै के हो के ! करेक्सन हो कि झरेक्सन हो ।’ ठट्यौली पारामा अर्का लगानीकर्ताले जवाफ फर्काए । ‘बैंकबाट इन्स्योरेन्स सेक्टरतिर गए।’ एक लगानीकर्ताले बोले ।
यसपछि हामी न्यूूप्लाजाभित्रै रहेको स्टक ब्रोकर नम्बर २९ त्रिशुल सेक्युुरिटीज एण्ड इन्भेष्टमेन्ट लिमिटेड उक्लियौं । अँध्यारो कोठामा रहेका लगानीकर्ताहरु सबै आ–आफ्नै मोबाइलमा झुण्डिरहेका देखिन्थे । हिजोआजको एमसीसी सम्झौताबारे समेत त्यहाँ बहस भएको सुनियो । ‘बजार तल जाँदा त चिसो पनि हुुँदो रहेछ।’आजको चिसो मौसमलाई जोडदै एक लगानीकर्ताले भने–‘बजार माथि जाँदा मात्रै तातो हुुने रहेछ ।’ 

सेयर बजारका विषयमा कम र राजनीतिक विषयमा नै सो ब्रोकर हाउसमा आएका सेयर लगानीकर्ताहरुको चर्चा परिचर्चा भएपछि हामी अर्को ब्रोकर हाउस पुग्यौं ।

स्टक ब्रोकर नम्बर ५९ दिव्या सेक्युुरिटीज एण्ड स्टक हाउस प्रालिमा पस्यौं । बजार घटाइले निराश बनिरहेका लगानीकर्ताहरु अक्क न बक्क देखिन्थे । ‘अन्ततोगत्वा बजार ११ सय नै आउने भयो।’–एक लगानीकर्ताले चिन्तित मुद्रामा भने–‘कारोबार रकम पनि १ अर्ब नै नपुुग्ने भयो ।’ 

‘रिपोर्ट(वित्तीय प्रतिवेदन) हेर्दाहेर्दैै नेप्से ११ सय आयो । रिपोर्टले पनि बजारमा काम नगर्ने रहेछ नि ।’ अर्का युवा लगानीकर्ताले दुुखेसो पोखे । ‘एक हप्तामा ६० अंक घट्यो।’एक पाका लगानीकर्ताले लामो सुुस्केरामा बोले ।

सोही ब्रोकरहाउसमा आएका अर्का लगानीकर्ताले माइक्रो चढ्ने इन्स्योरेन्स गर्ने भन्दै माइक्रो र इन्स्योरेन्स सेक्टरको लगानीमा जोड दिए । ‘अहिले बैंकको काम छैन हुराइदिने (बिक्री) हो, माइक्रो नै ठीक छ।’–उनले थपे । 

यसैबीच सोही ब्रोकर हाउसका अगाडि कुुर्सीमा पल्टेर सुुतेका एक लगानीकर्तालाई व्यङ्ग्यात्मक शैलीमा अर्का लगानीकर्ताले ‘सुुत्ने ठाउँ भयो बजार ? किन्ने बेला हो भन्दै, जाग्नुस’ भन्दै ब्यूँझाउने प्रयास गरे । 

पछाडि बसिरहेका एक लगानीकर्ताले ‘सेयरले नाफा दियो कि घाटा’ भन्दै प्रश्न गरे । प्रतिउत्तरमा ती लगानीकर्ताका मित्रले भने–‘सेयरले नाफा दिन्छ, के कुुरा गरेको ?’ हाँसोको फोहोरा छुुट्यो ।

यसपछि हामी स्टक ब्रोकर नम्बर ५० अर्थात् ब्रोकर्स एशोसिएसनका पूूर्वअध्यक्ष प्रियराज रेग्मीले सञ्चालक रहेको क्रिष्टल कञ्चनजंघा सेक्युुरिटीजमा छिर्यौं । अगाडि बसिरहेकी एक महिला लगानीकर्ताले नेप्से इण्डेक्स ८२(१२८२)तल नझर्ने भन्दै दाबी गरिन् । आज दिनभर प्रायः १२८३ विन्दू तल भने झर्न निकै हम्मे हम्मे परिहेकाले उनले यस्तो भन्न भ्याएकी थिइन् । यत्तिकैमा एक लगानीकर्ताले शिवम डल्ला पर्यो कि क्या हो ? भन्दै खोजीनीति गरेको पाइयो । सोही ब्रोकरहाउसमा आएका अर्का लगानीकर्ताले भने–‘शिवम शिवम नै हो, बढ्छ ।’ केही समयपछि अघिल्तिरबाट एकजना लगानीकर्ताले सिटिजन्स बैंक र मेगा बैंकबीच मर्जरको भित्रभित्रै कुुरा चलिरहेको दाबी गरे ।

ग्राउण्ड जीरो स्तम्भकै लागि हामीले अर्को स्टक ब्रोकर नम्बर २६ एशियन सेक्युरिटीज प्रालिमा उक्लने निर्णय गर्यौं । सरासर डिस्प्ले रुममा हामी पस्दा लगानीकर्ताहरुको सेयर गसिप निकै मज्जैले चलिरहेको देखिन्थ्यो । नेप्से सूूचकांक भने १२८० को विन्दूूमा ओर्लिसकेको थियो । ‘अब ८०(१२८०)बाट बजार फर्किन्छ।’एक लगानीकर्ताले दाबी गरे । १२८० विन्दूूबाट १२७९ विन्दूूमा ओर्लेपछि लगानीकर्ता आक्रोशित हुुँदै सेयर बजारका प्राविधिक विश्लेषक विष्णुु बस्याललाई सरापिरहेको समेत भेटियो । ‘अब १२४० विन्दू ओर्लने बस्याल भविष्याणी नआउला भन्न सकिन्न।’अर्का लगानीकर्ताले गालीको वर्षा नै गरे । 

यसैबीचमा, एक लगानीकर्ताले आजको बजार एक अंकले पनि हरियो हुुन नसक्नुु बिडम्बना नै भएको उल्लेख गरे । 

‘आज सबै सेक्टर रातै भए।’अर्का लगानीकर्ताले भने । 

‘अब बजार बढ्ने चान्स(अवसर) नै छैन ।’अर्का लगानीकर्ताले अनुुमान लगाए । ‘मञ्जुुश्री फाइनान्स बढ्ने ट्रेण्डमा छ ।’–एक लगानीकर्ताले भने । 

‘आफूू त रातोमा किन्ने र हरियोमा बेच्ने हो।’सोही ब्रोकरहाउसमा आएका अर्का लगानीकर्ताले भने ।