काठमाण्डौ । चलचित्र जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ । फिल्ममा पशुपतिप्रसादका विपीन कार्की (भष्मे डन), रविन्द्रसिंह बानीया (हनुमानजी) फरक भूमिकामा देखिएका छन् । 

यस्तै, वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्र झालगायतको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । मह सञ्चारमा १२ वर्षदेखि काम गर्दै आएका प्रदिप भट्टराईले फिल्म निर्देशन गरेका हुन् । यस्तै, फिल्ममा लगानी गर्ने रबिन्द्रसिंह बानीयासँगै सिंगे लामा र यादव पौडेल पनि फिल्म क्षेत्रमा भिजेका व्यक्ति हुन् । जसमध्ये सिंगे लामाले फिल्म क्षेत्रमा प्राविधिकको रुपमा काम गरेको एक दशक नाघिसकेको छ भने साउण्डम्यानबाट सिने क्षेत्रमा प्रवेश गरेका यादव पौडेल अहिले प्रोडक्शन प्रमुखको रुपमा काम गर्छन । 

रसुवामा जन्मिएका सिंगे आर्मी क्याम्पमा कुल्ली काम गर्थे । उनले त्यहि क्याम्पमा हप्तैपिच्छे आर्मीहरुसँगै फिल्म हेर्ने मौका पाउँथे । तर, वर्षहरु बित्दै जाँदा उनी वि.सं २०५२ सालमा काठमाण्डौँ छिरे । हाउस पेन्टिङको कामसँगै फुटपाथ व्यापार गरे । त्यहिँ भेटभयो फुटपाथ व्यापारसँगै डे«स भाडामा लगाउने एकजना साथी । उनीमार्फत नै फिल्म क्षेत्रसँग जोडिए । फिल्म सेट पेन्टिङ गर्ने काम पाए । हाउस पेन्टरबाट फिल्मको सेट पेन्टिङ गर्ने प्राविधिक बने । इन्डोर र आउटडोर सेट डिजाइन गर्न थाले । आजकल फिल्मका लागि आवश्यक पुलिसका ड्रेस तथा साम्रगीहरु सप्लाईको काम पनि गर्छन् । मह जोडीसँग एक दशकदेखि काम गर्दै आएका सिंगेले जति कमाए फिल्म क्षेत्रबाट नै  कमाए । त्यहि कमाएको पैसाले फिल्म बनाउने सोच बनाए । उनी भन्छन्, “यो फिल्म क्षेत्रले कुल्लीबाट अहिलेको स्थानसम्म ल्याएको छ, त्यसैले यहि क्षेत्रमा लगानी गर्ने मन भएकाले जात्रा फिल्ममा लगानी हालेको हुँ ।”

उनको यो पहिलो फिल्म हो । फिल्म क्षेत्रबाट नै कमाएको १० लाखको हाराहारीमा उनले ‘जात्रा’ का लागि लगानी गरेका छन् । उनका अनुसार यो अनुभवका लागि गरेको लगानी हो । साथीहरु मिलेर फिल्म निर्माण गरेकाले धेरै आश नभएपनि डुब्छ कि भन्ने चिन्ता भने खासै नभएको उनी बताउँछन् । एक दशकभन्दा लामो अनुभव भएका साथीहरुले फिल्म बनाएका हौँ, अवश्य दर्शकले मन पराउने आश गरेका छौँ, उनी भन्छन् । 

फिल्म क्षेत्रमा काम सुरु गर्दै गर्दा राम्रो प्राविधिक बन्ने लक्ष्य थियो, अब राम्रो निर्माता बन्ने नयाँ लक्ष्य बनेको छ । त्यसैले वर्षको एउटा फिल्म बनाउने आँट पलाएको उनी योजना सुनाउँछन् । 

उनको कुरामा अर्का निर्माता यादव पौडेल पनि सहमत छन् । एक दशक अघि साउण्डम्यानको रुपमा काम सुरु गरेका उनी प्रोडक्सनको काम अहिलेसम्म रमाउँदै आएका छन् । प्रोडक्सनको काम गर्दा कतिपय फिल्ममा आफ्नो पैसा डुबेको तितो यथार्थ उनी सुनाउँछन् । वकिल बन्ने लक्ष्यका साथ काठमाण्डौँका छिरेका उनले ‘हिरो’ फिल्मबाट प्रोडक्शन सहायकको रुपमा काम थालेका हुन् । इमान्दारीता देखाउँदा दुखको कमाई डुबेकाले आफ्नै लगानीमा फिल्म बानाउने आँट यादवमा केहि समय अघि मात्र पलाएको हो । सोच मिलेपछि थोरै थोरै लगानी गरेर फिल्म बनाउन जात्राका निर्माता सफल भएका हुन् । 

घेराबन्दी भन्ने फिल्म बन्न लागेको थियो तर प्रोडुसर बिते पछि रोकिएको थियो । चारजना मिल्दा घर बेच्ने स्थति हुँदैनथ्यो त्यसैले आँट पलायो । आफैँले कमाएको । घाटामा गएपनि चिन्ता छैन । तिर्ने आँट छ । खर्च ठूलो पनि गरेका छैनौँ । १० लाख रुपैँया लगानी ... १० वर्षको कमाईले । चलेपनि नचलेपनि वर्षमा एउटा चारपाँचजना मिल्यो भनेर फिल्म बनाउने योजना । “जति कमाए फिल्म क्षेत्रबाट नै कमाए, जिन्दगी यहि क्षेत्रमा बित्ने भएपछि आफ्नै लगानीमा फिल्म बनाउने मन भयो,” उनी भन्छन् । लगभग लगानी त सुरक्षित भइसकेको छ तरपनि पहिलो फिल्मलाई दर्शकले मन पराएको खण्डमा निकै हौशला मिल्नेछ । दर्शकलाई मन पर्ने फिल्म बनाएको दाबी गर्दै उनले वर्षेनी फिल्म बनाउने अठोट पनि व्यक्त गरेका छन् ।