काठमाण्डौ । ‘बैधानिक जूवा घर’को रुपमा विदेशी पर्यटकको मनोरञ्जनका लागि संचालित क्यासिनोको अपारदर्शी कारोबारलाई कस्ने उद्देश्यले नेपाल राष्ट्रबैंकले कडा परिपत्र जारी गरेको छ । 

केन्द्रीय बैंकले क्यासिनोको सबै कारोबार बैंकिङ प्रणालीबाट हुनुपर्ने अनिवार्य व्यवस्था गरेको हो । 

यस्तै, सबै क्यासिनोहरुले कारोबार संचालन गर्नुपूर्व केन्द्रीय बैंकबाट विदेशी  विनिमय कारोबार सम्बन्धमा इजाजत लिनुपर्ने व्यवस्था समेत अनिवार्य गरिएको छ । 

सबै कारोबार बैंकिङ प्रणालीबाट हुनुपर्छ भनिए पनि खेलाडीबाट क्यासिनो खेलका लागि  आवश्यक रकम अमेरिकी डलर ५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा भने नगदै लिन सकिने व्यवस्था गरिएको छ । सोभन्दा बढी रकमको हकमा भन्सार घोषणा गरी प्रमाणित गरेको हुनुपर्ने वा बैंकिङ प्रणालीमार्फत रकम प्राप्त गरेको हुनुपर्नेछ । 

क्यासिनोले बैंकका खातामा राख्नसक्ने मौज्दातको सीमा समेत राष्ट्रबैंकले तोकिदिएको छ । जसअनुसार भारतीय मुद्रामा भारु १० करोड तथा परिवत्र्य विदेशी मुद्रा खातामा अमेरिकी डलर २० लाखसम्म अधिकतम मौज्दात राख्न सकिनेछ । सोभन्दा बढी रकम जम्मा भएपछि नेपाली मुद्रा खातामा रकमान्तर गर्नुपर्ने वा जितेको रकम यही मौज्दातबाट पठाउनुपर्नेछ । 

राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्था विभागबाट सम्बद्ध विभिन्न १५ निकायलाई गरिएको परिपत्रमा भएका अन्य व्यवस्था यस्ता छन्: