काठमाण्डौ । टोयोटा किर्लोस्कर मोटर छिटै भारतमा हाई एन्ड एमपीवी ‘टोयोटा भेलफायर’ कार लन्च गर्ने तयारीमा छ ।

भारतमा यो कारको टक्कर मर्सेडिज भी क्लाससँग हुनेछ ।यो कारको हालै भारतमा टेस्टिङका क्रममा सार्वजनिक गरिएको थियो । भारतमा यो कारको कम्प्लिटल्ली बिल्ट युनिटका रुपमा लन्च हुनेछ ।

यो कम्पनीसबैभन्दा महँगा कार हो । भारतमा यसको सुरुआती मूल्य भारु ७९ लाखको आसपास हुने अनुमान लगाइएको छ ।

टोयोटाको यो कारको इन्टिरियर ब्ल्याक करमा हुनेछ । यसको ड्यासबोर्डमा फक्स वुड फिनिस दिइएको छ । सेन्टर कन्सोललाई चारैतिर सिल्भर फिनिस दिइएको छ ।

यो कारमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र एसी मोड्युल रहेको छ । यसका साथै यो कारमा लेदर–वुडन फिनिस मल्टी फङ्सन स्टियरिङ र ट्विनपड इन्स्ट्रमेन्ट क्लस्टर दिइएको छ ।

यो कारमा भेन्टिलेटेड र हिटेड सिट्स राखिएको छ । जसमा मेमरी र रेक्लाइनिङको सुविधा दिइएको छ । यसका साथै यसमा लेदर अपहोल्स्ट्री, पावर साक्ष्ड र रियर डोर, ट्विन मोनोरुफ, सनसेड्स, एम्बिएन्ट लाइटिङ, सिट टेबल्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पर्सनल स्पट लाइट्स र ७ एअरब्यागजस्ता थुप्रै फिचर्स समावेश गरिएको छ ।

भारतमा टोयोटा भेलफायरको २.५ लिटर पेट्रोल हाइब्रिड इन्जिका साथ लन्च गरिने बताइएको छ । इन्जिन कन्टिन्युअसली ब्यारिएबल ट्रान्समिसन लेन्स हुनेछ । –एजेन्सी