मनोज ज्ञवाली, डेपुटी सीइओ-ज्योति विकास बैंक 
 

नेपालका बैंक तथा बित्तीय संस्थाहरुको अहिलेको अवस्था के हो ? पहिलो त्रैमासमा त अधिकांश नाफा घटेको देखियो नि ? प्रोफिट घटेर अधिकांश लगानीकर्ता निराश भए नि ?

प्रोफिट घटेर लगानीकर्ता निराश भए भन्ने पाटोलाई दुुई हिसाबले बुुझौ । 

प्रोमोटर तथा सेयरधनीले हिजोअस्ती ४० देखि ५० प्रतिशतसम्म लाभांश पाइयो, अब पनि त्यही पाउनुपर्छ भन्ने खालको अपेक्षा राखेका देखियो । तर, कुनै पनि बैंकको स्थापनाकालको पहिलो वर्ष लसमै चल्थ्यो, अर्को वर्ष सामान्य प्रोफिट, तेश्रो वर्षदेखि ५–७ प्रतिशत लाभांश हुँदै ५० पुुगेको हो ।

भनेपछि हाम्रो क्यापिटलको रिटर्न नै क्रमैसँग आएकै छ । आज क्यापिटलको वृद्धि चारगुणाले बढ्यो, अब विजिनेशको त्यही ग्रोथ लिनलाई तीनगुणा क्यापिटलले रिटर्न दिने टाइम त बाँकी नै छ । त्यसकारण यो इपीएस घट्यो, डिपिएस घट्यो भन्ने कुरा भन्दा पनि बैंक अब भर्खर सुरु भयो भन्ने हिसाबले सोच्नुुपर्यो । त्यो हिसाबले भन्ने हो भने अहिले पनि इपीएस र डिपिएसमा अत्यासलाग्दो गिरावटको अवस्था हुँदै होइन । 

त्यतिबेलासम्म झनै हाम्रो हालत के होला ? सहज मानिने पहिलो क्वार्टरमा त यस्तो हाल छ भने अन्य क्वार्टरको अवस्था झनै भयावह देख्छु म  । यही हिसाबले हामी दौडियौं भने झनै ठूलो सकस भोग्नुपर्ने हुनसक्छ ।

अर्को कुरा, हामी प्रदर्शनको हिसाबले इपीएस र डिपिएसको हिसाबलाई एक ठाउँमा राखौं । गत वर्षको पहिलो त्रैमासको प्रदर्शन भन्दा पनि त नेगेटिभ ट्रेण्ड धेरै भयो । बैंक तथा बित्तीय संस्थाको गत वर्षको तुलनात्मक विवरणमा भन्दा यो पटकको त्रैमासमा घटेको छ । नेटवर्थ मात्र घटेको भए सामान्य पीर हुन्थ्यो होला, कतिपय बैंक तथा बित्तीय संस्थाको त खूद ब्याज आम्दानी नै घटेको छ । कतिपयको त संचालन आम्दानी समेत घटेको अवस्थामा वास्तवमा शंका हुनु स्वभाविक हो । तर, यो चिज किन भइरहेको छ भन्नेतर्फ जानुपर्छ । एकैपटक बैंक तथा बित्तीय संस्थामा चारगुणा क्यापिटल बढाइयो, बैंक तथा बित्तीय संस्थाहरुले पनि इण्डष्ट्रीको ग्रोथमा जान छाडेर सबैले चारगुणा विजिनेश बढाउनतिर लागे, क्यापिटलसँग म्याच गराउन । चारगुणाले नसके पनि १०० देखि १५० प्रतिशतसम्म लोनमा ग्रोथ गर्ने टार्गेट बनाए सबैले । लोन चाहि बेपत्ता बढेर गयो, तर लोनको ग्रोथ अनुसार डिपोजिटको ग्रोथ त भएन । भन्नुको अर्थ लोन त तपाईले बाँडेर पठाइहाल्नुुभयो, डिपोजिट त्यो अनुसार छैन । डिपोजिटको ग्रोथ चाहि १७ प्रतिशत छ अनि लोनको ग्रोथ चाहि ३७ प्रतिशतसम्म भयो भने के हुन्छ ? स्वभाविक हो, मिसम्याच त भइहाल्यो । यसले बजारमा लिक्वीडिटी क्राइसिस भयो । सीसीडी टाइट हुँदै गयो । त्यो हुने बित्तिकै बैंकहरुले डिपोजिट इन्ट्रेस्ट रेट घटाएर तलमाथि गर्न थाले, कल अकाउण्टमा १४ देखि १५ प्रतिशतसम्म दिन थालेपछि राष्ट्रबैंकले सर्कुलर ल्याएर ‘हुँदैन त्यो, तिमीहरुले बचतमा चाहि १ प्रतिशत र कलमा चाहि १४ प्रतिशत दिने भनेर हुन्छ ? हुँदैन’ भनेपछि फ्लेक्जिवल डिपोजिट भन्ने प्रोडक्ट लिएर आए । अधिकांश बैंकहरुले लङ टर्मका लागि सोच्नुु भन्दा तत्कालको समस्या समाधानमा मात्रै काम गरिरहेका छन् । एफडी पनि कहीँ फ्लेक्जिवल हुन्छ ? मैले चाहि गरिँन यो कुुरा हाम्रो बैंकमा । पछि त राष्ट्रबैंकले समेत सर्कुलर जारी गर्नुपर्यो । सेभिङको इन्ट्रेस्ट रेट कल अकाउण्टको रेट भन्दा बढी हुन पाउँदैन भन्ने सर्कुलर जारी भएपछि सेभिङमा पनि ७ प्रतिशतसम्मको रेट आयो । यतातिर सेभिङको रेट एकदमै बढेर गयो, अर्कोतर्फ सेभिङ रेट बढेअनुसार कस्ट अफ डिपोजिट बढेर गयो । गत वर्षको तुलना गर्ने हो भने यो वर्ष कस्ट अफ डिपोजिटमा ५० प्रतिशतसम्मको ग्रोथ छ । मेरै बैंकको कुरा गर्नुहुन्छ भने मेरो बेस रेट १२.३ छ, त्यो चाहि एकैपटक ८.३ प्रतिशतबाट बढेर गयो । यसको अर्थ सबै बैंक तथा बित्तीय संस्थाको कस्ट अफ डिपोजिट चाहि एकदमै बढ्यो, त्यो अनुसार लोनतर्फ बढेन । यसरी ब्याजको मार्जिन समेत घट्दै गयो । त्यो हुँदा प्रोफिट एविलिटीमा नेगेटिभ हिट भएको छ । मेरो विचारमा पहिलो त्रैमासको यो गिरावट त केही पनि होइन, यही ग्रोथमा अगाडि बढ्यो भने दोश्रो क्वार्टरमा झनै बढी समस्या हुन्छ । प्रोफिट झनै घट्नसक्छ । जब हामीले फाइनान्सियल अकाउण्टहरु क्लोज गर्नुपर्ने हुन्छ, अडिट हुन्छ, राष्ट्रबैंकले पनि सुपरीभिजन गर्छ, त्यतिबेलासम्म झनै हाम्रो हालत के होला ? सहज मानिने पहिलो क्वार्टरमा त यस्तो हाल छ भने अन्य क्वार्टरको अवस्था झनै भयावह देख्छु म  । यही हिसाबले हामी दौडियौं भने झनै ठूलो सकस भोग्नुपर्ने हुनसक्छ । 

क्यापिटल जुन हिसाबले बढेर गयो, हामीले विजिनेशमा जुन अप्राकृतिक ग्रोथको हामीले आशा गर्यौ, यसको असर आज मात्र होइन, अझै ३–४ वर्षसम्म भोग्नुपर्ने हुनसक्छ । त्यसकारण, त्यसका लागि रेगुलेटिङ मेजर्सहरु बलियो बनेर आउनुपर्छ । किनभने हामी बैंकरहरुमा व्यवसायिकता भन्ने चिज नै देखिएन, हामी १ महिना पनि फोकस भएर काम गर्दैनौ । कुनै अर्को बैंकको जुनियर कर्मचारीलाई सिनियर बनाएर भित्र्याउने गलत अभ्यास पनि गरिदैछ । यसकारण रेगुलेटरको लाठीले काम गर्यो भने गर्यो, तर बैंकरहरुको जुन किसिमको दौड छ, यसले दोहोरो रिस्क बढाउँदैछ । एउटा अपरेसनल रिस्क बढिरहेको छ भने अर्कोतर्फ क्रेडिट रिस्क पनि उस्तै छ । 

समस्या कहाँनिर छ त ? पूँजीवृद्धिको नीति नै गलत थियो ? अथवा, पूँजीवृद्धिका लागि बैंकहरुले हिँडेको बाटो चाहि गलत भयो ? 
समस्या हरेक पाटोमा छ भन्ने लाग्छ मलाई । पूँजी वृद्धिको नीति ल्याइयो, यसको उद्देश्य अचाक्ली संख्यामा रहेका बैंक तथा बित्तीय संस्थाहरुलाई संख्यात्मक रुपमा घटाएर गुणात्मक रुपमा बढाई राम्रो र सवल बनाउने भन्ने थियो । हामीले गाडी बनायौं, एक्सीलेटर राख्यौं, ब्रेक छाडिदियौं । पूँजी वृद्धि गर्दा तिमीहरुले राइट सेयरबाट होइन, कमाएको पैसाबाट पूँजीवृद्धि गर्नुपर्छ भनिदिएको भए, समयअवधि २ वर्षको साटो ४ वर्षसम्म राखिदिएको भए सवल संस्थाहरु आपसमा गाभिन्थे, त्यो किसिमको ग्रोथ प्रेसर हुँदैन थियो । तर, राइट बढाएर अगाडि बढ्न दिइयो । फेरि राइट सेयर दिन्छ भन्दा पनि हाम्रो नेपालमा सेयरको भाउ बढ्ने अचम्मको बजार छ । हाम्रो त बजार नै उल्टा छ । यहाँ परफरमेन्सले होइन कि राइट आउँछ भनेपछि बढ्ने भन्ने हुन्छ । 

क्यापिटल मार्केट राम्रो भएको बेलामा पूँजीवृद्धिको नीति आइदिंदा मान्छेहरु उत्साहित भए । अनि एकैपटक सारा संस्थाहरुले मर्जर र एक्वीजिसन भन्दा पनि राइटबाट पूँजी वृद्धि गर्नतर्फ लागे । नीतिगत रुपमा यो व्यवस्थामा पनि अलिकति चुक भयो भन्ने लाग्छ । 

भीडभाडमा दौडियो भने ज्यान जान्छ । भागादौडमा संयमित हुन जरुरी छ । यस्तै भागदौडले त हो नि २००८ मा अमेरिकामा १४१ वटा बैंक डूबेका । हाम्रो पनि त्यो अवस्था नआउला भन्न सकिन्न ।  । 

अर्को, राष्ट्रबैंकले नीति ल्यायो, सकियो, तर कमाण्ड सम्हालेको त हामी बैंकहरुले हो नि । हामीले पनि गल्ती गर्यौ । डिपोजिटको ग्रोथ चाहि वर्षमा २० प्रतिशत पनि छैन, अनि लोनको ग्रोथ चाहि म १०० प्रतिशत गर्छु भनेर बोर्डलाई योजना पेश गर्दा सोच्नुपर्दैन ? हामीले व्यक्तिगत रुपमा समेत महिना दिनको मात्र सोंच राखेर योजना बनायौं, नीतिगत रुपमा समग्र उद्योगको ग्रोथ कति हुन्छ र त्यहाँको चंकबाट मैले कति ल्याउन सक्छुु भन्ने बिचार गरिएन । बरु हामी ग्राजुएल्ली ग्रोथ लिएर जान्छौ मात्र भनेर सोचिदिएको भए यस्तो समस्या आउन्न थियो । गुणात्मक रुपमा विजिनेशको वृद्धि हुन्थ्यो । अहिले जुन हिसाबले ग्रोथमा गइरहेका छौ, यो नेचुरल ग्रोथ छैन । हिजो जुन हिसाबले ३० लाख रुपैयाँ लिने मान्छेले, आज धितो राखेर १ करोड लोन लिन चाह्यो भने मैले दिन्न भनूूँला, तर वाणिज्य बैंकले मकहाँबाट धितो तानेर लोन दिइरहेको छ । सहकारीको लोन कमर्सियल बैंकहरुले तानेर लिइरहेका छन् । सहज लोन पाउने भएपछि ऋणिले पनि पैसा लिएर जग्गामा हालेको छ । म भर्खरै तराई घुमेर आएँ, तराईतिर जग्गाको कारोबार एकदमै बढी र पैसा पनि बढिरहेको छ । कारण, बैंक तथा फाइनान्सिङ पनि जग्गामा केन्द्रीत छन् । भोलि जग्गाको भाउ घट्यो भने त्यो मान्छेले कहाँबाट तिर्छ लोन ? जस्तो २००८ मा अमेरिकामा यस्तै समस्या आएको थियो । त्यसकारण हामी बैंकरहरुले समेत ग्रोथको टार्गेट लिने बेलामा गम्भीर बन्नुपर्छ । इण्डष्ट्री र इकोनोमी ग्रोथसँग हाम्रो बैंकको ग्रोथलाई इनलाइन गर्नुपर्छ । यो बिषयमा हामीबाट पनि चुक भयो । यो गल्तीमा अहिले पनि हामी सुध्रिएका छैनौ, सुधार हुन चाहेका छैनौ ।

तपाईले यो संकेत गरिरहनुुभएको छ कि यही पाराले अगाडि बढे हाम्रो बैकिङ उद्योग दुर्घटनामा पर्दैछ ?
यदि यही हिसाबले व्यवसाय वृद्धिको नाममा गलत होडबाजी चल्दै जाने हो र हामीले लङटर्म भिजन लिएर इण्डष्ट्री र इकोनोमीको ग्रोथको लाइनमा बैकिङ विजिनेशको टार्गेट बनाएर गइएन भने समस्या आउने निश्चित छ । त्यसकारण आजै सम्हालिन जरुरी छ, पूरै बिग्रिसकेको अवस्था छैन । यस्तो अवस्थामा हामीले अरुलाई दोष लगाउने भन्दा पनि आफ्नो क्षेत्रमा राम्रो गर्नुपर्यो, सम्हालिएर अगाडि बढ्नुुपर्यो । भीडभाडमा दौडियो भने ज्यान जान्छ । भागादौडमा संयमित हुन जरुरी छ । यस्तै भागदौडले त हो नि २००८ मा अमेरिकामा १४१ वटा बैंक डूबेका । हाम्रो पनि त्यो अवस्था नआउला भन्न सकिन्न । एउटा दुुईवटा मात्र बैंक डूूब्यो भने पहिरो गएजस्तै हुन्छ, चेन इफेक्टले सबैलाई बर्बाद पारिदिन सक्छ । 

२–४ वर्ष संयमित भएर बसौं, त्यसपछि चाहि दौडिने नै हो । अहिले हुरीबतास पानी आइरहेको बेला किन दौडिनुपर्यो ? अहिले बरु आरामसँग ओत लागेर बसौं, अनि त्यो आँधीबेहरी कम भएपछि दौडिए भइहाल्यो नि ।

जटिल अवस्थाबाट गुज्रिरहेका छौ भन्नुुभयो । यो अवस्थामा नियामकले के गर्नुपर्छ, बैंक तथा बित्तीय संस्थाहरुले थप के–के कुरामा ध्यान दिनुपर्छ  ? के गर्दा संभावित संकट टर्ला ?
हामीमा सबैकुरा राष्ट्रबैंकले गरिदिनुपर्छ भन्ने आशा छ । म चाहि त्यो आशा राख्दिँन । हामीले जुन ग्रोथको प्रेसर वा विजिनेशका ग्रोथको प्रेसर लिइरहेका छौ, यो नै गलत छ । मैले त मेरो बैंकलाई स्पष्ट भनेको छुु, म अननेचुरल ग्रोथ लिएर जाँन्न । जे ग्रोथ लिएर जान्छुु, त्यसले तपाईलाई दुःख नदिने हिसाबले जाने हो । अस्वभाविक ग्रोथ लिएर टुुप्पोमा पुुगी भाँचिन कुनै बेर लाग्दैन ।

सबै उद्योगमा ग्रोथको जुन प्रेसर लिइरहेका छौ, यसलाई न्यून पार्नुपर्छ । अप्राकृतिक प्रतिस्पर्धा कम हुनुुपर्छ । अरुको लोन र डिपोजिट तानातानमा लाग्नुु भएन । तपाईले अरुको तान्दा, उसले पनि तपाईको तानिदिन्छ भन्ने कुरा बुुझ्नुुपर्यो । 

थालीमा ४ वटा रोटी छ, आठजना मान्छे छौ, तानातान पारेर खाँदा खेरी पनि खाने त आधा आधा रोटी नै हो नि । तपाईले एउटा खानुुभयो भने मेरो पेट भोको होला, तर त्यही चंकबाट खाँदा कम्तीमा भूूइँमा गिर्दैन । चंक उही हो, तानातान नगरौ, संयमित ढंगले अगाडि बढ्नुुर्छ । कम्तीमा यो उद्योगमा भएका सिनियरहरु धेरै संयमित हुनुपर्ने आवश्यकता देख्छुु । धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन । सधैं देश यस्तो नरहला । २–४ वर्ष संयमित भएर बसौं, त्यसपछि चाहि दौडिने नै हो । अहिले हुरीबतास पानी आइरहेको बेला किन दौडिनुपर्यो ? अहिले बरु आरामसँग ओत लागेर बसौं, अनि त्यो आँधीबेहरी कम भएपछि दौडिए भइहाल्यो नि । त्यसकारण अहिलेको अवस्थामा बैंकहरुले आफूलाई सुरक्षित बनाइराख्नुुपर्ने आवश्यकता देख्छुु। 

मान्छे हायर गर्ने कुरामा पनि तानातान नगरौं, यसले कम क्षमता भएको मान्छेलाई बढी जिम्मेवारी दिने र त्यस्ता व्यक्तिबाट बैंक नै डूूब्नसक्ने अवस्था हुन्छ । दक्ष जनशक्तिलाई समेत ध्यान दिनुपर्छ । ज्ञानको ग्रोथ चाहि त्यो हिसाबले नहुने, पैसाको ग्रोथ मात्रै हुने हो भने अवस्था गलत हुन्छ, अपरेसनल रिस्क धेरै हुन्छ । क्रेडिट रिस्क र अपरेसनल रिस्कलाई न्यून गर्न कमसेकम हामी आफैं संयमित हुनुपर्ने अवस्था छ । 

रेगुलेटरले पनि विजिनेशको अननेचुरल ग्रोथको गलत दौडधूपलाई रोक्न सक्नुुपर्छ । राष्ट्रबैंकको सर्कुलर जारी गरी केही चिज रोक्नुुपर्ने हुन्छ । रेगुलेसनमा यदि भइदिएको भए अहिले एग्रेसिभ्ली गइरहेका बैंक तथा बित्तीय संस्थालाई बोलाएर काउन्सिलिङ गरेर पठाउँथे । 

बजारका लगानीकर्ता आत्तिएको अवस्था छ । फ्रस्ट क्वार्टरमा प्रोफिट, इपीएसमा हिट भयो । आगामी क्वार्टरमा बैंक तथा बित्तीय संस्थाले कस्तो रिजल्ट ल्याउलान् ?
स्थिति यही रहेमा यो सुधार हुँदैन । पहिलो त्रैमास त इण्डिकेटर मात्र हो । अवस्था यही रहे सेकेण्ड क्वार्टरमा झन टाइट भएर जान्छ । किनभने जुन कारणले समस्या आयो, त्यसको समाधान गर्न खोजिएको छैन । मलाई जे रोग लागेको छ त्यसको औषधि खाए पो म ठीक हुन्छुु त । म यत्तिकै बसिरहेको छुु भने कसरी ठीक हुन्छुु ? पहिलोपटक बैंक तथा बित्तीय संस्थाले पहिलो क्वार्टरमा धक्का खाएका छन्, यो अत्यासले केही इप्रूभमेन्ट त गर्लान्, तर यथेष्ट प्रगति हुँदैन । ड्रयाष्टिक चेञ्ज हुनेवाला छैन ।

विकास बैंक र फाइनान्स कम्पनी खारेज गरौं भन्दा त झनै गाह्रो हुन्छ नि । हिजो लाइसेन्स दिने बेला दिने अनि अहिले यस्तो कुरा गरेर हुँदैन नियामकले ? मान्छेले चोरेर पैसा हालेको हो र ? 

तर, म आशावादी पनि छुु । चुनाव सकियो, हामीले आशा गरेजस्तै मेजोरिटी गभरमेन्ट बन्ने नै भयो । स्थिर सरकार बनिदियो भने राम्रो हुन्छ । सरकारको बजेट फ्रिज भएको भयै छ, हामी कर तिर्छौ, त्यसलाई लगेर सरकारी खातामा जम्मा हुन्छ । यसकारण यस्तो बजेट चलायमान हुन पाएकै छैन । तपाईको शरीरमा रगत चल्यो भने पो त्यसले तपाईलाई गतिविधिमा हेल्प गर्छ, रगत जम्यो भने त त्यो त रोग पो भयो त । 

पूँजी परिचालनको केसमा सरकार पूरा असफल छ । स्थानीय निर्वाचनपछि बजारमा तरलता केही सहज भएको छ । अब यो चुनावले पनि अलिकति सहज अवस्था बनाउला । त्यसपछि अब बन्ने स्थिर सरकारले राम्रो नीति तथा कार्यक्रम लिएर गयो भने लिक्वीडिटी बढ्छ, लगानी भित्रिन्छ, त्यसले समेत चलायमान बनाइदिन्छ । देशको मार्केट साइज धेरै सानो छ । त्यसकारणले यदि अब बन्ने सरकारले राम्रो नीति लिएर अगाडि बढ्यो भने त्यसले राम्रो अवस्था ल्याउँछ । यस्तो अवस्थामा पहिलो ग्रोथ हुने भनेको नै बैकिङ सेक्टर नै हो । त्यसकारण अब स्थिर सरकार बनेपछि म चाहि धेरै आशावादी छु। चुनावी गठबन्धन झै अब सरकार बन्यो भने ४ देखि ५ वर्षभित्रमा बैंक तथा बित्तीय संस्थाहरुले थप पूँजी बोनस दिएर आफैं जारी गर्ने सुखद अवस्था आउनेछ । आर्थिक समृद्धितर्फ अबको सरकारको ध्यान केन्द्रीत भयो भने त्यसको भेइकल फाइनान्सियल सेक्टर नै हो । यसकारण अत्तालिनुपर्ने अवस्था छैन । तर, सोचेजस्तो भइदिएन भने पनि बच्नलाई आजैदेखि संयमित भएर हिँड्नुु त पर्यो नि । आजको अवस्थामा बसेर कुरा गर्दा बैंकरहरु संयमित भएर अगाडि बढ्नुपर्ने अवस्था देख्छुु ।

नेपालको अर्थतन्त्रको साइज सानो छ, तर यहाँ बैंक तथा बित्तीय संस्थाहरुको संख्या अझै बग्रेल्ती छ । केन्द्रीय बैंककै एकथरि अधिकारी फेरि पुँजीवृद्धिको नीति ल्याएर बैंकहरुको संख्या घटाउनुपर्छ भन्न थालेका छन् । अझ विकास बैंक र बित्त कम्पनीलाई खारेज गरी ठूला वाणिज्य बैंक मात्र बनाउनुपर्छ भन्ने स्कूल अफ थट समेत आएको छ ? गर्ने काम उही भएपछि विकास बैंक किन चाहियो अब ?
संख्या त बढी नै हो । भएभरका बैंक तथा बित्तीय संस्था लाग्यौं भने पनि एउटा ठूलो जलविद्युत आयोजना चलाउन सक्ने क्षमता नै छैन । क्षमता चाहि छैन, संख्या चाहि बढी भएकै हो । क्षमता बढ्नुपर्ने ठाउँमा संख्या चाहि बढेकै हो । तर, मर्जर एक्वीजिसनले संख्या चाहि घटेको भए हुन्थ्यो भन्ने कुरामा पनि म सहमत हो । म यसको पक्षपाती नै हो ।

मसँग स्पष्ट खाका छ, अहिलेका सीइओलाई त्यो दिउँला भनेको छुु । खाका हेरेरै टप ५ मा छानियो, अन्तिम ३ नाममा पनि सिफारिस भयो । त्यसपछि के भयो यहाँ सेयर गर्न लायक छैन । 

अझै घटाउनुुपर्छ ?
घटाए राम्रो, तर पहिलाकै जस्तो अभ्यासले त के नै हुन्छ र ? विकास बैंक र फाइनान्स कम्पनी खारेज गरौं भन्दा त झनै गाह्रो हुन्छ नि । हिजो लाइसेन्स दिने बेला दिने अनि अहिले यस्तो कुरा गरेर हुँदैन नियामकले ? मान्छेले चोरेर पैसा हालेको हो र ? हामीले लिने पोलिसीको उद्देश्य के र त्यसलाई पूरा गर्ने बाटो के क्लियर हुनुपर्छ । 

विकास बैंक र वाणिज्य बैंकको काम एउटै, किन चाहियो विकास बैंक भन्ने तर्क त ठीकै हो नि ?
हिजोअस्ती केही फरक थियो । तर, अब उस्तै छ । आज वाणिज्य बैंकले म भन्दा बढी ब्याज अफर गरिरहेको छ । बरु म सानो छुु, सजिलो छुु । अहिले फरक नै त्यस्तो देख्दिँन । आज हामीले बनाइदिएका कस्टमरहरु थुुतेर वाणिज्य बैंकले लिएर गएका छन् । आजको डेटमा तुलना गर्नुहुन्छ भने डेभलपमेन्ट बैंक र फाइनान्स कम्पनी वाणिज्य बैंक भन्दा बढी साउण्ड छन् । सीसीडी, लिक्वीडिटी, इण्डिभिज्योल डिपोजिटको कुरा गर्नुहोस्, सबैतिर हामी सहज छौ । गर्न नपाउने २ वटा चिज भयो, एउटा गभरमेन्ट ग्यारेण्टीजहरु र अन्तराष्ट्रिय एलसी खोल्न नपाउने। यो बाहेक अरु कुनै चिज छैन, क्यापिटल मात्र फरक हो । नाम मात्र फरक हो । 

विकास बैंकले अहिले जे गरिरहेका छन्, त्यो विकास बैंकको उद्देश्य नै होइन । अन्तराष्ट्रिय स्तरमा हेर्ने हो भने यस्तो हुँदैन । सबैले सबै चिज गरे । हामी होलीमा रंगियौं, को कालो, को रातो, को पहेँलो, कसरी थाहा हुन्छ ? होलीमा रंग हालिदियो, सबै रातो, सबै कालो, यहाँ त वास्तविक रंग नै देखिएन । 

प्रसंग बदलौं, नेप्सेको नेतृत्वका लागि दौडमा निकै अगाडि हुनुुहुन्थ्यो, तपाईको राजनीतिक पहुँच पुुगेन होला र नेतृत्व गर्ने अवसर पाउनुुभएन सायद । नेप्सेलाई राम्रो हाँक्न सक्छुु भन्ने आँट सहित जान खोज्नुुभएको थियो, सफल हुनुुभएन । नेप्सेकै प्रमुख हुन तयार भइसकेको व्यक्तिको बजारको पछिल्लो अवस्थाको बिषयमा विश्लेषण ?
म एउटा स्पष्ट सोंचसहित जान खोेजेको थिएँ । तर, भएन । म तपाईकै मिडियामार्फत घोषणा गर्छु कि सरकारी नियुक्तिमा आज उप्रान्त मनोज ज्ञवालीले कहिले पनि दरखास्त दिंदैन । मसँग स्पष्ट खाका थियो । हरेक प्यारामिटर्समा म नम्बर टू हुन्न भन्ने अपेक्षासहित अगाडि बढेको थिएँ । मसँग स्पष्ट खाका छ, अहिलेका सीइओलाई त्यो दिउँला भनेको छुु । खाका हेरेरै टप ५ मा छानियो, अन्तिम ३ नाममा पनि सिफारिस भयो । त्यसपछि के भयो यहाँ सेयर गर्न लायक छैन । सेयर गर्न पनि चाहँन्न । केही चिज छन् जसले मलाई सरकारी नियुक्ति भन्ने चिजप्रति नै निराश बनाइदिएको छ । म कहिल्यै डीभी पीआर नभर्ने मानिस, मलाई पहिलोपटक माइग्रेट होऊ कि जस्तो फिल भएको थियो । तर, हामी चालिस वर्ष नपुुगेका मान्छे, दुनियाँ देख्नुुछ भनेर आफूलाई सम्हालेँ । मैले जसरी सोच्थेँ, त्यो हिसाबले काम गर्ने मोडालिटी नेप्सेमा मात्र होइन, अरु निकायमा पनि हुँदो रहेनछ । 

सूचिकृत कम्पनीको डाटा समेत नेप्सेको वेबसाइटमा छैन । म गएको भए १० दिनमा डाटा राखिसक्थे । किन सक्दैन नेप्सेले ? आज तपाईले लगानी गर्दा के आधारमा गर्नुहुन्छ ? सबै हौवाको भरमा होइन ? यो त हल्लै हल्लाको बजारमा जूवा नै भयो त । 

बजारमा सधैं साना लगानीकर्ता ठूलाबाट डोमिनेन्ट भएका छन् । नेप्सेका गतिलो वेबसाइट छैन, साना लगानीकर्ताले सही सूचना पाउनै सक्दैनन् । हल्लाको भरमा र अरुले भनेको भरमा लगानी गर्नुपर्ने अवस्था छ । सूचिकृत कम्पनीको डाटा समेत नेप्सेको वेबसाइटमा छैन । म गएको भए १० दिनमा डाटा राखिसक्थे । किन सक्दैन नेप्सेले ? आज तपाईले लगानी गर्दा के आधारमा गर्नुहुन्छ ? सबै हौवाको भरमा होइन ? यो त हल्लै हल्लाको बजारमा जूवा नै भयो त । त्यसकारण सूचना नै दिन सकेका छैनौ । नेप्सेको सर्भरमा क्लिक गर्दा लिस्टेड कम्पनीको बिषयमा आवश्यक सूचना आउने व्यवस्था गनुपथ्र्यो । यस्तो हुन सकेको भए बजारमा चलखेल कम हुन्थ्यो । 

अर्को, हामीमा शिक्षाको लेभल कम भयो । अन्य देशका स्टक एक्सचेञ्जहरुले लगानीकर्तालाई प्रशिक्षित गर्ने धेरै कार्यक्रम ल्याउँछन् । तालिम दिन्छन् । त्यो चिजमा पनि हामीकहाँ कमी भयो । 

सरकारी स्वामित्व रहँदाखेरि नेप्सेको नेतृत्वले कुनै राम्रै निर्णय लिन खोज्यो भने पनि सरकारी निर्णय कुनुपर्ने भयो, नेपालमा सरकारी निर्णय कसरी हुन्छ तपाई हामीलाई थाहै छ । राम्रै नियतले लिन खोजिएका निर्णय समेत समयमा कार्यान्वयन हुन नसक्ने अवस्था छ । 

बजारमा अझै पनि ८० प्रतिशत बढी सूचिकृत कम्पनी बैंक तथा बित्तीय संस्था मात्र छन् । प्रोडक्टिभ सेक्टरलाई ल्याउनै सकिएको छैन । प्रोडक्टको विविधिकरण छदै छैन, बोण्डहरु सर्टेन लिस्ट भएको छ, तर कारोबार नै छैन । हाम्रो त क्यापिटल मार्केटमा गर्नुपर्ने चिज बाँकी नै छ। संभावनाहरु अथाहा छन् । बाटो नै लाग्न सकेका छैनौ । बाटो नै बिराएर कता–कता रुमल्लिइरहेका छौ । 

तर, यति हुँदा हुँदै पनि दशकौंसम्म देश लाथलिङ भएर चलेको थियो, अब संक्रमणकाल अन्त भएको छ । अब बन्ने स्थिर सरकारले नीतिगत व्यवस्था लिने नै छ । आर्थिक समृद्धिको पहिलो मेरुदण्ड पूँजीबजार नै हो । राम्रो नीतिगत निर्णय भएलगत्तै बजार समृद्ध हुन्छ, बजारमा पैसा आउँछ । त्यसपछि नेप्सेलाई स्वायत्त बनाउनुपर्छ । निजीकरण गर्नुपर्छ पूर्ण रुपमा । त्यसपछि मात्र ह्याङ्कीपेङ्कीले न त्यहाँ सीइओ नियुक्त हुन्छ, न अन्य समस्या नै हुन्छ ।

एउटाको चाहि हातखुट्टा बाँधिदिने, अनि अर्कोलाई चाहि बजारमा दौडाइयो भने सरकारी स्वामित्वमा भएको नेप्से जनकपुर चुरोट कारखाना हुन्छ। यसलाई पनि अहिलेको नेप्सेलाई पनि निजीकरण गर्नुहोस् र अर्को पनि दिनुहोस् । 

अर्को स्टक एक्सचेञ्ज ल्याउने कुरामा तपाईको धारणा ?
आउनुपर्छ र आउँछ पनि । आजको डेटमा नेप्से छ, सरकारी स्वामित्व छ । भनेको बेलामा निर्णय गर्न नसक्ने अवस्था छ । एउटा निर्णय लिन ४ महिना कुनुपर्ने दुर्भाग्य छ । एउटाको चाहि हातखुट्टा बाँधिदिने, अनि अर्कोलाई चाहि बजारमा दौडाइयो भने सरकारी स्वामित्वमा भएको नेप्से जनकपुर चुरोट कारखाना हुन्छ। 

यसलाई पनि अहिलेको नेप्सेलाई पनि निजीकरण गर्नुहोस् र अर्को पनि दिनुहोस् । बजार पनि समृद्ध हुन्छ र लगानीकर्ताले राम्रो सेवा सुविधा पाउछन् । हिजो नेपालमा एनटिसी मात्र हुँदाको अवस्था र एनसेल आएपछिको अवस्थामै पनि तुलना गरौं न । सेवासुविधा त हामीले पाएका छौ नि । त्यसकारण नेप्सेको पनि हातखुट्टा बाँध्नुुहुन्न र अर्को स्टक एक्सचेञ्ज पनि ल्याउनुपर्छ । प्रतिस्पर्धी बनाउनका लागि स्पष्ट खाका र उद्देश्यसहित आउनुपर्छ । 

क्यापिटल मार्केटको दायरा अब बढाउनुपर्छ । मार्केट मेकर आउनुपर्यो, डिलर आउनुपर्यो । नियत सफा गरेर आउने हो र काम गर्ने हो भने पूँजीबजार २ वर्षमा कायापलट नै हुन्छ । 

सेयर बजारको भविष्य चाहि कस्तो छ ? उचाई लिन्छ ?
पक्कै लिन्छ । सरकार बन्न दिनुहोस्, अब डेढ महिना पर्खनुुहोस्, बजारले उचाई प्राप्त गर्छ । बामगठबन्धनको सरकार बन्दैछ अब, डराउनुपर्ने अवस्था देख्दिँन म । कारण, हाम्रो देशमा पार्टीका नाम मात्र फरक हुन्, यिनीहरुको नियत, विचारधारा सबै उस्तै छ । बाम गठबन्धनलाई पनि आर्थिक समृद्धि त चाहिन्छ नै । चुनाव जित्नुु मात्र ठूलो कुरा होइन, आर्थिक समृद्धिका लागि हामी नेपाली भोका छौ । आर्थिक समृद्धिको एजेण्डालाई अब सबैले समर्थन गर्छन । सबै पार्टीमा अर्थशास्त्र बुुझ्ने मानिस पनि छन् । हेर्दै जानुुहोस् अब बन्ने सरकारले पूँजीबजारलाई सपोर्ट र विकास गर्ने नीति लिएर आउँछ ।

बजारमा पैसा आउँछ अब, यसले पूँजीबजारलाई माथि उठाउँछ । पूँजीबजार कम्युनिष्टले बिगार्ने र कांग्रेसले सुधार्ने भन्ने कुरा फाल्तुु हुन्, यो भ्रममा पर्नुहुन्न । तपाई हेर्दै जानुुहोस्, अब बन्ने सरकारले आर्थिक समृद्धि र पूँजीबजारको विकाससँग सम्बन्धित कार्यक्रम समेत ल्याउनेछ । 

अर्को, अनलाइन कारोबार प्रणाली आउँदैछ । बजारमा सुधारका धेरै प्रयास भएका छन्, अन्य सकारात्मक कुराहरु पनि छन् । नेप्सेको नेतृत्वले पनि टाइमलाइन डिभाइड गरेर काम गर्नुपर्छ । प्रदेशस्तरमा समेत नेप्सेले आफ्नो सेवालाई विकेन्द्रीकरण गर्नुपर्छ । डिमाण्ड अब उच्च हुन्छ, राम्रो छ आउँदा दिन । कारोबार गर्न सजिलो भइसकेको छ, भेइकल रेडी भइसकेको छ, डेन्टपेन्ट पनि भइसक्यो, अब दौडिन मात्र बाँकी हो । तर दौडँदा राम्रो ड्राइभरको चाहि हात पर्नुपर्छ है । क्यापिटल मार्केट मात्र होइन, अब देश नै दौडिन्छ । 

संसारमा यस्तो पनि कहीँ हुन्छ ? बजार घटेको बेला खरीद गर्ने र बढेको बेला बेच्ने हो, हाम्रोमा त उल्टो अभ्यास हुन्छ । सबैभन्दा ठूलो कुरा नलेज र कन्फीडेन्स विल्ड अप गर्ने हो । नेप्से वा सम्बद्ध अन्य निकायले नलेज, कन्फिडेन्स र इन्फरमेसन उपलब्ध गराइदिने हो, त्यसपछि हेर्नुहोस् बजार कहाँ पुुग्दो रहेछ ।

सेयर बजारमा आपूर्ति समस्या हो ?
होइन, मनोदशा चाहि समस्या हो । आपूर्तिमा मात्र समस्या हो भन्दिँन । आत्मविश्वास समस्या हो । कसैलाई पनि बजारमा आत्मविश्वास छैन । न कम्पनीमा, न बजारमा न लगानीकर्तामा । अलिकति बजार बढ्यो भने सेयर बिक्री गर्ने हतारो हुन्छ । संसारमा यस्तो पनि कहीँ हुन्छ ? बजार घटेको बेला खरीद गर्ने र बढेको बेला बेच्ने हो, हाम्रोमा त उल्टो अभ्यास हुन्छ । सबैभन्दा ठूलो कुरा नलेज र कन्फीडेन्स विल्ड अप गर्ने हो । नेप्से वा सम्बद्ध अन्य निकायले नलेज, कन्फिडेन्स र इन्फरमेसन उपलब्ध गराइदिने हो, त्यसपछि हेर्नुहोस् बजार कहाँ पुुग्दो रहेछ । अहिले हामी परीक्षणकालमै छौ । बजार ग्रोथ हुन्छ, अर्को विकल्प नै छैन । 

अन्तमा, तपाईको बैंकतर्फ लागौं । आगामी योजना के के छन् ?
हामीसँग स्पष्ट खाका छ । हरेक वर्षको खाका छ हामीसँग । लङ र सर्टटर्म रणनीतिहरु छन् हामीसँग । हामी यो वर्ष नेटवर्क बिस्तार र विजिनेश ग्रोथको टार्गेटलाई भेट्याउँछौ । ६० वटा शाखा सञ्जाल यो वर्ष निर्माण गर्छौ । अहिले ११ अर्बको विजिनेश साइज छ । अब हामी राष्ट्रिय स्तरको विकास बैंकको हाराहारीमा विजिनेश साइज पुर्याउछौ । 

दोश्रो वर्ष हामी रेगुलेनस, रिकभरी र मोनिटरिङको पाटोबाट हामी बलियो बन्छौ । क्षमता अभिवृद्धि र विकासको प्लान समेत लिएर जान्छौ । माइक्रोफाइनान्सको छुट्टै सेल लिएर काम सुरु गरिसकेका छौ । बिस्तारै हामी रेमिटान्स सेवा सुरु गर्छौ, सब्सीडरीको रुपमा मर्चेन्ट बैंक स्थापना गर्नेछौ । अन्य हाँगा समेत बिस्तार गर्छौ । दोश्रो बर्ष प्रोफिट क्षमतामा म्याच गर्ने कोशिश गर्छौ ।

तेश्रो वर्षमा हामी प्रविधि र गुणस्तरको हिसाबमा अब्बल बन्नेछौ । 

चौथो वर्षपछिदेखि चाही हामी पूर्ण प्रतिस्पर्धी भएर जान्छौ । र, राष्ट्रिय स्तरको विकास बैंकमा टप भन्दा तल रहेर काम गर्दैनौ । संचालक समिति, कर्मचारी साथीहरु सबैको राम्रो सहयोग छ । हामीले चाहेको लक्ष्य भेट्याएरै छाड्छौ । लगानीकर्तालाई पनि अहिले नै धेरै रिटर्न दिन नसकिएला, तर चारवर्षपछि कुनै पनि विकास बैंकले दिने राम्रो लाभांश भन्दा हाम्रो लाभांश कम हुँदैन ।