काठमाण्डौ । ड्याट्सन गो र गो प्लसको सीभीटी अटोमेटिक अप्सन भारतमा यही सेप्टेम्बर २४ तारिखमा लन्च गरिँदैछ ।

भारतमा पछिल्ला केही वर्षदेखि अटोमेटिक अप्सका गाडीहरुको माग बढ्दै गएको छ । यस्तोमा अन्य कार निर्माता कम्पनीलेजस्तै ड्या्सनले पनि अटोमेटिक अप्सनका गाडीहरु पेस गर्न लागेको हो ।

ड्याट्सन गो सीभीटी करिब नेरु ८ लाख ८० हजार (भारु. ५.५) मा दिल्ली एक्सशोरुममा लन्च गर्न लागिएको बताइएको छ । ड्याट्सन प्लस नेरु ९.६ लाख (भारु ६) मा लन्च हुन सक्ने सम्भावना रहेको छ । कम्पनीले दुवै कार ड्याट्सन गो र ड्याटसन गो प्लसको इन्टिरियर अपेडट गरेको छ । यी कारमा एक्सटिरियरमा पनि एडिसन फिचर्स जस्तै एबीएस, एअरब्याग र भेइकल स्टेबिल्टी कन्ट्रोल समावेश गरिएका छन् ।

हाल ड्याट्सन गो र गोर प्लस दुवै १.२–लिटर र ३–सिलिन्डर पेट्रोल इन्जिन अप्सनमा लन्च गर्न लागिएको छ ।  जसले ६८ पीएसको पावर र १०४ एनएमको टार्क उत्पादन गर्न सक्छ ।

ड्याट्सन गो प्लस १ पाँचसिटे र गो प्लस एक ७ सिटे कार हुनेछ । कारको लास्ट सिटमा साना बच्चाका लागि फिट हुने बताइएको छ । – एजेन्सी