अन्तर्वार्ता

►सुशीलमान शेरचन, महामन्त्री, नेपाली कांग्रेस(वीपी)

स्थानीय निकायको निर्वाचनमा नदेखिएको(नसुनिएको) नेपाली कांग्रेस वीपी पनि चुनावी मैदानमा छ । तपाई आफैं पनि कांग्रेसबाट मन्त्री बनिसक्नुुभएको व्यक्ति हो । अहिले आएर छुट्टै पार्टी गठन गर्नुपर्ने आवश्यकता किन भयो ?
-नेपाली कांग्रेसमा गिरिजाबाबुु रहुञ्जेल एउटा लहर थियो । वीपीले जन्माएको पार्टी, कृष्णप्रसाद भट्टराई जस्ता बौद्धिक र चतुर नेता, गणेशमानसिंह जस्ता निडर नेताले कांग्रेसको शिर उच्च पारेका थिए । त्यो पार्टीमा अन्य नेताहरु योगेन्द्रमान शेरचन, देवानसिंह राई, पर्शुनारायण चौधरी, रामनारायण चौधरी, मीनबहादुर शेरचन, श्रीभन्द्र शर्मा जस्ता धेरै नेताहरु गौरवको रुपमा थिए । यी नेताहरुले कांग्रेसलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संस्थागत रुपमा विकास गरेका थिए । 

त्यसबेला संचारको कुनै विकास भएको थिएन । यातायातको असुविधा उस्तै थियो । त्यस्तो बिषम परिस्थितिमा पनि बीपीले बनाएको पार्टी थियो कांग्रेस । वीपीको समाजवादी सिद्धान्त कति सुन्दर थियो, उहाँले देखेको सुन्दर नेपालको सपना अहिले अलपत्र भयो । वीपीले नेपाली कांग्रेस पार्टीले जनताको मुहार उज्यालो बनाउनुपर्छ भन्नुुहुन्थ्यो, आजको अवस्था हेरौं त । तर, समयक्रमसँगै कांग्रेस भत्किँदै भत्किँदै गयो । वीपीको सपनामाथि भद्धा मजाकहरु भए । २०४६ सालपछि नै कांग्रेस अलि अलि भत्किन थालेको थियो । तथापि, आरदणीय नेता गिरिजाबाबुु हुनुुहुन्थ्यो, उहाँले कांग्रेसलाई बचाएर राख्नुुभएको थियो । उहाँको देहान्तपछि सुशील कोइराला पार्टी सभापति हुनुुभयो, प्रधानमन्त्री हुनुुभयो । उहाँको पालादेखि नेपाली कांग्रेस अझ खस्किदै आयो । १३ औं महाधिवेशनपछि शेरबहादुर देउवा पार्टी सभापतिको रुपमा आउनुुभयो । उहाँ आएपछि नै पार्टीमा तीव्र क्षयीकरण, गुटबन्दी भयो । सुशील कोइरालाको नेतृत्व रहुञ्जेल ६० ४० को भागबण्डाको घोर विरोधी रामचन्द्र पौडेल जी देउवा नेतृत्वमा आएपछि ४० प्रतिशतको बार्गेन गर्दै लाभ लिंई बस्नैमै रमाउन थाल्नुुभयो । आज उहाँले प्रत्येक कांग्रेसको हरेक ठाउँमा ४० प्रतिशत मागेर बस्नुुभएको छ, यहाँसम्म कि राष्ट्रसेवक कर्मचारीको नियुक्तिमा समेत ४० प्रतिशत मागेर बसिराख्नुुभएको छ । राजदूतमा समेत उहाँलाई ४० प्रतिशत चाहिएको छ । कांग्रेसकै नेताहरुले राजदूत जस्तो पदमा पैसा खाएर जथाभावी नियुक्ति गर्न थाले । एउटाले पैसा खाएर गरेको कामको अर्कोले विरोध गर्ने । घरभित्रको झगडालाई सडकमा छताछुल्ल पार्ने काम पनि नेतृत्व र वरिष्ठहरुले नै गरे । घरभित्रको झगडा बाहिर ल्याउँदा प्रतिपक्षीले खेल्ने काम गरे, फलस्वरुप कांग्रेस खिइँदै गयो, भत्किँदै गयो ।  
यस्ता क्रियाकलाप र नांगो नाचबाट कांग्रेस कार्यकर्ता भएर बाँच्न गाह्रो भो हामीलाई । वीपीले कल्पना गरेको कांग्रेस यो होइन भन्नेमा हामी स्पष्ट थियौ । उहाँले कल्पना गरेको कांग्रेसलाई बचाउनुुछ भन्ने लाग्यो । पछिल्लो समय हेर्नुभयो भने पाँचवटा जिल्लाका अधिकांश कांग्रेसका साथीहरु माओवादी र एमालेमा प्रवेश गरे । किन त ? कांग्रेस भन्ने पार्टी काम नलाग्ने भएपछि यो देशमा वैकल्पिक प्रजातान्त्रिक पार्टी नै भएन । यसकारण कांग्रेसका साथीहरुको बामपन्थीमा प्रवेशको लहरलाई रोक्न समेत हामीले नेपाली कांग्रेस(वीपी)लाई जन्माएका हौ । प्रवेश गरिसकेकाहरुलाई वीपीले कल्पना गरेको कांग्रेस पार्टीको अनुुभूति दिलाउन समेत पार्टी स्थापना गरेका हौ । हामीले कांग्रेसलाई सिध्याएर बामपन्थीलाई अगाडि ल्याउन यो पार्टी गठन गरेका होइनौ । 

साच्चिकै भन्ने हो भने नेपाली कांग्रेस जुन भाडामा बसेको छ नि, अहिले त्यहाँ प्वालै प्वाल परेको छ र पानी चुहिँदै गइरहेको छ । त्यसकारण हामीलाई लाग्यो, कांग्रेस बचाउनुपर्यो । वीपीले कल्पना गरेको, बनाएको र सोचेको नेपाल तथा कांग्रेसका लागि पनि केही न केही गर्नुपर्यो जस्तो लाग्यो । नेपाली कांग्रेसले वीपीको समाजवाद नै खाइदियो । नेपाली कांग्रेसले गणेशमान जी जस्तो लौहपुुरुषलाई नै बिर्सिदियो । सन्त नेतालाई नै बिर्सियो । यी तीन नेतालाई बिर्सियो भने अरुको के हालत होला ?अहिले पार्टीमा गन, धन र डनको प्रभाव बढेको छ । यो प्रभाव एमाले र माओवादीमा पनि छ । माओवादी त हतियार उठाएरै आएको हो । तर, अचम्मको कुरा, कांग्रेसमा किन यस्तो हुन गयो त ? कांग्रेसले कहाँनिर संगठन बिस्तार गर्यो ? प्रश्न यो हो । ०४६ सालपछि सबैभन्दा बढी कांग्रेस नै सत्तामा बस्यो । तर, २००७ सालदेखिका आन्दोलनका घाइते, शहीदहरुको सम्मान खोइ ? उनीहरुको परिवारको अवस्थाको बिषयमा एक मिनेट सोच्ने सम्मको फुर्सद निकालेनन् नेतृत्वमा आउनेहरुले । 

कांग्रेसको क्षयीकरणको कथा सुनाउनुुभयो । त्यहाँको समस्या, विभेदको कुरा पनि गर्नुभयो । कांग्रेस पार्टीभित्रै रहेर कमजोरी सुधार्न सकिँदैन थियो र ? अन्तरसंघर्ष चलाएर डूूब्न लागेको पार्टीलाई त्यही बसेर पनि त बचाउन सकिन्थ्यो होला नि ?
-हामीले यी सबै प्रयास गरेकै हौ । नेपाली कांग्रेस(वीपी) तुरुन्तै जन्मिएको पनि होइन । यो लामो प्रयासपछि आएको पार्टी हो । शेरबहादुर र रामचन्द्रजीको कुरा मात्र होइन, उहाँपछिको नेतृत्व लिने जो जो नेता हुनुुहुन्छ, कांग्रेसमा उनीहरु पनि बलिया भएनन् । उनीहरु पनि भागबण्डामै रमाउँदैछन् । मेचीदेखि कालीसम्म हेर्नुहोस्, आज कांग्रेस देशभर टुक्रा–टुक्रा भएको छ । जुन पार्टी वीपीले जन्माए, १५ सालदेखि रुख चिन्ह लिएर हिँडेको छ, त्यही अहिले टुक्रा टुक्रामा विभाजित छ।  पार्टीको टुक्रा–टुक्राको हविगतलाई अहिले चारतारे झण्डाले छोप्ने काम मात्र भएको छ । 

पहिला मुस्ताङको कुनै कांग्रेसी मरेको खबर सुन्थ्यो भने झापाको कांग्रेसी दुःखै गरेर भए पनि त्यहाँ पुुग्थ्यो । सानै भए पनि देशभरका कांग्रेसीले सहयोग गर्थे ।  झण्डाप्रति प्रत्येक कांग्रेसमा माया र ममता थियो । तर आज अवस्था निकै बदलियो । एउटा कांग्रेसी मर्यो भने यहाँ अर्को कांग्रेसी हाँस्छ ।  एउटा कांग्रेसले जयनेपाल भन्दै आयो भने ‘कुन चाहि जयनेपाल’ भन्ने अवस्था आएको छ । म छक्क परेँ । देउवा कांग्रेसको जयनेपाल हो कि, पौडेल जय नेपाल हो कि, कोइराला जयनेपाल हो कि, सिटौला जय नेपाल हो कि, निधि जयनेपाल हो कि भन्न थालिएछ । यस्तो पनि पार्टी हुन्छ । अनि यस्तो छिन्नभिन्न पार्टीले पनि देशको हित गर्छ भनेर अब कसैले पत्याउँछ ?

जुन हिजोको कांग्रेस थियो, त्यो आज रहेन । बामपन्थी एकगढ हुँदा कांग्रेसमा एक्लै लड्नसक्ने क्षमता भएन । किन भएन त भन्दा नेतृत्वको कमजोरीले । नेतृत्व भ्रष्ट भयो । नेतृत्वले संगठन बिस्तार गरेन । 

कांग्रेस लगायतका दलका नेताहरुले यो वा त्यो नाममा राज्यकोषको दोहन गर्ने काम गरे भन्न खोज्दै हुनुहुन्छ ?कांग्रेसका नेताहरु भ्रष्ट भए पनि भन्नुु भयो, के केमा भ्रष्टाचार गरे ?

-जसले प्रजातन्त्रको दुहाई दिए, जसले नेपाली कांग्रेसलाई हाँकिरहेका छन्, तिनीहरुले के गरे ? खुलेआम भ्रष्टाचार गरिरहेका छन् नि । सबैले थाहा पाएको कुरा हो नि यो त । ठूला नेताहरुले केही गर्ने बेलामा सोच्नुुपर्छ । उनीहरुले गरेको गलत कामको दोष हामीले भोग्नुुपर्छ । एकपछि अर्को गलत काम गरेको छ उहाँहरुले । धेरै टाढा जानै पर्दैन । आइजी काण्ड हेर्नुहोस् न । शक्तिशाली न्यायालयका प्रधानन्यायाधीशलाई नै महाअभियोगको लगाउने कुचेष्टा गरे । राष्ट्र चलाउने नेताले हो नि, उहाँहरु संवेदनशील बन्नुु पर्दैन ? जहाँ पनि खेलेर हुन्छ ? सेनादेखि प्रहरीसम्म चलखेल मात्र गरेर हुन्छ ? 

कहाँ छ उहाँहरुको भिजन ? उहाँहरु जत्तिको देशविदेश डूूल्ने व्यक्ति सायद अन्य देशका नेता पनि नहोलान् । तर, देशको भत्ता खाएर विदेश जाने, त्यहाँ कार्यकर्ताको घरमा बस्ने अनि होटलमा बसेको बिल बुुझाएर भ्रष्टाचार गर्ने ? अझै कति लुट्न दिने राज्यकोषलाई ? 

अहिले नेपालको राजनीतिमा ध्रुुवीकरण छ । एकातिर बाम गठबन्धन छ भने कांग्रेसको नेतृत्वमा समेत लोकतान्त्रिक गठबन्धन बनाइएको छ । यस्तो बेलामा कांग्रेसलाई बलियो बनाउनुपर्ने होइन र ? उल्टो अर्को पार्टी खोल्नतिर लाग्नुुभयो नि ?
-आफ्नो घर भत्काएर अर्कालाई ल्याएर बामसँग कसरी टक्कर दिन सक्छ कांग्रेसले ? नेपाली कांग्रेसको संगठन नै छैन, तहसनहस छ । लोकतान्त्रिक गठबन्धनको नाममा तराईका नेता ल्याइएको छ । कस्ता छन् तिनीहरु ? दक्षिणको समर्थनको भरमा मात्रै पार्टीको हैसियत बनाएका दलका नेतालाई ल्याइएको छ । ती नेताको पछाडि जनता छैनन् । मैले बुुझे अनुसार बामपन्थी गठबन्धन पनि निर्वाचनपछिको ५० दिन पनि टिक्दैन । यी सबै गठबन्धन सत्ता स्वार्थबाट गठन भएका हुन् । लोकतान्त्रिक गठबन्धन त झनै तहसनहस हुन्छ । लोकतन्त्रका लागि गठबन्धन भएकै होइन । व्यक्तिगत स्वार्थका लागि, आफूू सुरक्षित हुनका लागि मात्रै गठबन्धन गरिएको हो । त्यसकारण आज नेपाली कांग्रेसले एक्लै भिड्न सक्नुुपथ्र्यो । यो पार्टी वीपीले जन्माएको हो नि । तर, बाम गठबन्धनका अगाडि निर्धो बनाउने काम भयो । 

हिजोको दिनमा ‘हामी कांग्रेसी’ भन्दा हाम्रो शिर ठाडो हुन्थ्यो । आजका कांग्रेसका नेताहरुको नाम सुन्नेबित्तिकै शिर ठाडो हुन्न, शिर भारी भएर तल जान्छ । कांग्रेसी हुँ भन्दा शिर झुक्ने अवस्था आयो। 

उसो भए लुुटतन्त्रलाई जोगाउन मात्र गठबन्धन बनाइएको हो ?
-हो नि, प्रष्टै छ नि । केही महिनाअघिको घटना हेरौं न, भारतले नाकाबन्दी गर्यो । केपी ओलीले खूूबै गाली गरे भारतलाई । दिनभरि गाली गर्ने, रात परेपछि उनै दूताबास छिर्थे । जनतालाई यो कुरा थाहा छैन नि । आज राष्ट्रवादी नेता उनै रे । मोदीजी नेपालमा आउँदा संसदमा नेताहरुलाई सन्धिहरुको खारेजी र पुनर्लेखनको बिषयमा जिज्ञासा राखे ।  नेपालका नेताहरु कुन चाहि सन्धि खारेज गर्ने, कुन चाहि पुनर्लेखन गर्ने भनेर भन्दा केपी ओली किन बोल्नुुभएन ? १९५० अघिका सबै सन्धिहरु खारेज गरौं, नयाँ सन्धि गरौं भनेर देउवा, रामचन्द्र किन बोलेनन् ? एमालेका गौतम, झलनाथ, माधव नेपाल किन बोलेनन् ? राष्ट्रिय हितको कुरा गर्दा कुनै नेताले बोल्यो ? खोइ कसमा रहेछ र राष्ट्रवादी चिन्तन ? सधैं राष्ट्रमाथि खेलवाड मात्र गर्ने ? 

तपाई यो भनिरहनुुभएको छ कि सानादेखि ठूला दलका नेताहरु राष्ट्रियताप्रति इमानदार भएनन् ? स्वाभिमानी देखिएनन् ?
-त्यो त सोचै छैन नि, जसरी हुन्छ सत्तामा आऊ, मन्त्री खाउ र टन्न पैसा कमाउ भन्नेमा मात्रै ध्यान छ । मन्त्रालय पनि राम्रो मात्र चाहिने रे । राम्रो भनेको के हो ? पैसा बढी जहाँ आउँछ, त्यो मन्त्रालय खाऊ भनेको त होला नि । पार्टी चाहि गरीब हुँदै जाने, नेता चाहि धनीको धनी हुने ? नेपाली कांग्रेसमा यही समस्या छ । 

तपाईको विश्लेषणमा यसपटक के होला ? बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन कति सिट ल्याउलान् ? नयाँ पार्टीको अवस्था के होला ?
-नेपाली जनताले यी दलहरुलाई धेरैपटक मत हालिसके । राष्ट्रिय पार्टी भनिनेहरुले जनतालाई झुक्याएका मात्र छन् । २०५१ सालपछि प्रजातन्त्रलाई सबैभन्दा बढी बदनाम गर्ने मुख्य भूमिका कमल थापाले गरे । पार्टीहरुलाई बिगार्नेमा पनि उसको ठूलो योगदान छ । उनी अडिग भएर कतै बस्न सकेनन् । कहिले यता, कहिले उता । आफूलाई केन्द्रविन्दूमा राखेर उनले काम गरे । लोकेन्द्रबहादु चन्दले भनेजस्तो उनले मुसा प्रवृति नै देखाए । कमल थापाले अरुलाई डूूबाए, आफूमात्र उक्सिने काम गरे अहिलेसम्म । आजसम्म उनको भूमिका एउटा झूण्ड लिने, जनतालाई गफ दिने, राजसंस्था र हिन्दूूत्वको चर्का कुरा गर्ने र ठगी खाने मात्र भयो । यो पटक कमल थापाको अवस्था नाजुक हुने देख्छुु । 

जनता अब झुक्किनेवाला छैनन् । बाम गठबन्धनले पनि दुुईतिहाई ल्याउँदैन । बहुमत समेत पुर्याउन गाह्रो छ । कांग्रेसको ३० देखि ३५ सिट मात्र आउँछ प्रत्यक्षतर्फ । बाँकी हामीजस्ता साना र नयाँ दलको आउँछ । 

तपाईहरुले चाहि कति सिट ल्याउनुुहुन्छ ? 
-हामीले १० देखि १२ सिटसम्म आशा गरेका छौ । हामीले भनेर मात्र त भएन, जनताको हातको कुरा हो । तर, हामीले जे बोल्छौ नि अब हामी गरेर देखाइदिन्छौ । हामी वीपीको सपना पूरा गरेरै छाड्छौ । हामीसँग प्रष्ट भिजन छ, देश बनाउने रोडम्याप छ । कांग्रेसजस्तो हावाको तालमा अगाडि बढेका छैनौ । राष्ट्रिय दल हुन्छौ यो निर्वाचनमा । तर, आगामी ५ वर्षमा संगठन बिस्तार गरी हामी सरकार चलाउने हैसियत बनाउँछौ ।

नयाँ दल, नयाँ चुनाव चिन्ह(करुवा) लिएर जनतासामुु जाँदा कस्तो रेसपोन्स पाउनुुभएको छ?
-सबै खुशी छन् । पार्टी गठनमा ढिला भयो भन्ने धेरै साथीहरु भेटिए । स्थानीय निर्वाचनअघि नै पार्टी स्थापना हुनुपथ्र्यो भनेका छन्, ढिलै भयो, तर छोरा पाएको छ, हामी खुशी छौ भन्नुुहुन्छ साथीहरु । गाउँ–गाउँमा आउनुपर्छ, हामी स्वागत गर्छौ तपाईहरुलाई भन्छन् । असली कांग्रेस यही हो भन्नुुहुन्छ । हामीलाई सहयोग गर्न तयार हातहरु हजारौ भइसकेको छ । 

मतदातालाई के भन्न चाहनुुहुन्छ ?
-आम मतदातालाई मेरो अनुरोध छ, यसपटक ठूला पार्टीलाई बहिस्कार गरिदिनुुहोस् । तपाईहरुले चुनाव चिन्ह करुवामा मात्र भोट हालिदिनुहोस् । ठूला दलका नेताले सत्तामा आउने ब्रम्हलुट गर्ने काम गरे । कार्यकर्तालाई यिनीहरुले भाँडाको टट्टूूजस्तो बनाए । चाहिने बेलामा लडाउने, भिडाउने अनि अवसर चाहि आफ्ना सन्तानलाई मात्र दिने गरे । अब जनता जाग्नुुपर्छ, बुुझेर मात्र भोट हाल्नुुपर्छ । उहाँहरुको नारा मात्र आकर्षक भयो, व्यवहार खराब छ ।