काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी छिन् । 

न्यायपरिषदले उमेर हदको कारण देखाउँदै पदमुक्त गरिसकेका प्रधानन्यायाधीशबाट भएको सपथ संवैधानिक हुने या असंवैधानिक हुने भन्ने बिषयमा गम्भीर बहस सुरु भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा भण्डारीले पदमुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रपतिको सपथ अगाडि नै न्यायपरिषदको सचिवालयले पराजुलीको उमेर गत साउन ३१ गते नै ६५ वर्ष पूरा भएको देखिएको उल्लेख गर्दै सचिवस्तरीय निर्णयअनुसार पदमुक्त गरिएको पत्र थमाइएको थियो ।