काठमाण्डौ । पछिल्लो समय गिर्दो पेट्रोलियम पदार्थको मूल्यका कारण कैयन अरब मुलुकको अवस्था निकै कमजोर बनिरहेको छ । आर्थिक अवस्था दयनीय बन्दै गएका कारण कुनै बेला करलाई ‘पाप’को संज्ञा दिने यी मुलुकहरु आफ्नै जनतासँग विभिन्न बाहानामा कर असूल गर्न थालेका छन् । यही क्रममा खाडी मुलुक यूूएईले समेत नयाँ ढंगले कर असूल्न सुरु गरेको छ । उसले थालेको असूलीको करलाई सिन ट्याक्स अर्थात ‘पापको कर’ भनिएको छ । यसको अर्थ यूूएईले केही यस्ता कामलाई पापको संज्ञा दिंदै त्यस्ता काम गर्नेलाई कर लगाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

यी उत्पादनमा पाप कर
यूूएई सरकारले जुन उत्पादनमा पाप कर लगाएको छ, यसमा सूर्तिजन्य पदार्थदेखि लिएर इनर्जी ड्रिङ्सदेखि पेप्सीकोलाजस्ता सफ्ट ड्रिङ्स समेत सामेल छ । यो करको माध्यमबाट सरकारले एक तीरबाट दुुई शिकार गरिरहेको छ । एक ः मूल्य ज्यादा हुँदा मादकपदार्थ तथा स्वास्थ्यलाई असर पुर्याउने प्रोडक्टको कम प्रयोग हुनेछ भने अर्को सरकारको कोष समेत यी अतिरिक्त ठाउँबाट आउने आम्दानीले बढ्नेछ ।

कुन प्रोडक्टमा कति कर ?
यो करअन्तर्गत सूर्तिजन्य पदार्थ तथा इनर्जी ड्रिङ्स प्रयोग गर्नेले सतप्रतिशत कर दिनुपर्ने हुन्छ । यसको मतलब हो, सतप्रतिशत कर लागेपछि यी प्रोडक्टहरुको मूल्य पहिला भन्दा दोब्बर तिर्नुपर्ने हुन्छ । सफ्ट ड्रिङ्समा पनि यूूएईमा ५० प्रतिशत पापकर तिर्नुपर्छ । यस्ता पदार्थको मूल्य अब डेढ गुणाले बढ्नेछ । 

जनवरीबाट ५ प्रतिशत भ्याट अलग्गै
जनवरीबाट माथि उल्लेख गरिएको उत्पादनमा यूूएई सरकारले अलग्गै ५ प्रतिशत भ्याट समेत लगाउन थाल्नेछ । गल्फ कोअपरेसन काउन्सिलका सबै सदस्य भ्याटको रुपमा कर असूूल्ने बिषयमा सहमत भएका समाचारमा जनाइएको छ । यो काउन्सिलमा बहराइन, कुुबेत, कतार, साउदीअरब र यूूएई रहेका छन् । 

साउदीले जारी गरिसकेको छ बण्ड
तेलको मूल्यमा लगातार कमी आएपछि साउदी सरकार जुलाईमा बण्ड(ऋणपत्र) जारी गर्न बाध्य भएको थियो । साउदी सरकारले जे बण्ड जारी गरेको थियो, त्यसलाई साउदी भाषामा ‘सुुकुुक’ भनिन्छ । यसको माध्यम साउदी सरकारले १० वर्षसम्म लगानीबाट मोटो रिटर्न दिने प्रतिबद्धता गरिरहेको छ । साउदी सरकारले ५ र ७ वर्षे अवधिका बण्ड समेत जारी गरेको छ । हाल यी बण्ड साउदी अरबका मानिसले मात्र खरीद गर्न सक्छन् । ५ वर्षसम्मको ऋणपत्रमा २.९ देखि ३ प्रतिशतसम्म, ७ वर्षमा ३.२५ प्रतिशतदेखि ३.३५ प्रतिशतसम्म र १० वर्षसम्ममा ३.५५ देखि ३.६५ प्रतिशतसम्मको रिटर्न दिइनेछ ।