काठमाण्डौ । तपाईले विदेश यात्रा गर्दा वा नेपालका पनि केही शहरी क्षेत्रमा भेण्डिङ मेसिनमा चक्लेट, पेय पदार्थ खरीदका लागि ५० रुपैयाँको नोट हाल्नुुभयो र त्यो नोट अड्कियो भने तपाईलाई निकै ठूलो तनाव हुन्छ । कामना गर्नुहोस् कि सिंगापुरको त्यो भीमकाय भेण्डिङ मेसिनले तपाईसँग यस्तो मजाक नगरोस् । 

त्यसो त अहिलेसम्म तपाईले भेण्डिङ मेसिनबाट चक्लेट, चिप्स, पेय पदार्थ मात्र खरीद गर्नुभएको होला, तर अब यही तरिकाले कार समेत खरीद गर्न सकिनेछ । 

बीबीसीका अनुसार यो १४८ फूट अग्लो लग्जरी कार डिस्पेन्सर हो । मान्नुहोस् कि १५ तलाको सिसाको भेण्डिङ मेसिन हो यो, जहाँ शानदार कारहरुको कलेक्सन राखिएको छ । 

ग्राहकले एक एप्लिकेसनको माध्यमबाट मनपर्ने कार चुन्न सक्छन् र मेसिनमा रकम छिराएको २ मिनेटभित्र तपाईको कार तपाईको सामुन्ने आइपुुग्छ ।
तर यो मात्र महंगो चिज बिक्री गर्ने एक मात्र भेण्डिङ मेसिन भने होइन । 

सिंगापुरकै अर्को एक क्षेत्रमा राखिएको यस्तै मेसिनबाट २४ क्यारेटका सुनको बिस्कुट पनि निस्किन्छ । 

त्यति मात्र होइन यो बेबर्ली हिल्समा रहेको भेण्डिंग मेसिनले माछाको अण्डाबाट बनेको डिस पनि ५ सय डलरमा तपाईलाई बिक्री गर्छ ।