काठमाण्डौ । नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे प्रा.ली., दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । 

फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ । 

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् । 

फोनपे नेटवर्कले ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थालाई आबद्ध गरेको छ । जहाँबाट नेपालभरका ७० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । 

फोन पेले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नो क्षमतालाई थप गर्दै लैजाने योजना बनाएको छ । 

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको बताइन्छ ।

फोनपेबाट धेरै गरिने आर्थिक क्रियाकलापमा सपिङ, यात्रामा गरिने खर्च, व्यवसायिक भुक्तानी आदी पर्छन् । धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । 

कारोबार वृद्धि गराउनका लागि हरेक महिना करिब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन भइरहेका छन् । फोनपे एफवान सफ्ट इन्टरनेशनलकोे सहायक कम्पनी हो ।