काठमाण्डौ। बैंक अफ काठमाण्डौले आफ्नो ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ‘बिओके स्मार्ट’ मोबाइल बैंकिङ्गद्वारा घरबाट आफ्नो बिजुलीको बिल भुक्तानी गर्ने सुविधा प्रदान गरेको छ । यो व्यवस्थाले ग्राहकहरुलाई विजुलीको बिल तिर्न अब लामो समय लाइनमा बस्न नपर्ने सहजता उपलब्ध गराएको छ । यस सेवाको उपभोग गर्ने ग्राहकहरुले ‘बिओके स्मार्ट’ एप डाउनलोड गरी एपमा रहेको पेमेन्ट अप्सनमा गई ‘एनइए’ पेमेन्टस्मा दिइएको निर्देशन अनुसार जुनसुकै समयमा पनि बिल तिर्न सकिनेछ ।