काठमाण्डौ । सिडिएसीद्वारा संचालित ‘मेरो सेयर’को सेवा केही घण्टा अवरुद्ध हुने भएको छ । 

सिडिएससीले एक सूचना प्रकाशित गरी यस विषयमा जानकारी दिएको हो । 

‘मेरो सेयर’को सेवा आज(बिहीबार) साँझ ६ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुनेछ । 

सिडिएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा निकै जरुरी मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकोले ३ घण्टा सेवा नचल्ने प्रष्ट पारेको हो ।