काठमाण्डौ । विश्वकै धनाढ्य बिल गेट्सको नाम सबैका लागि चिनिएकै नाम हो । उनको कम्पनी माइक्रोसफ्ट आइटी क्षेत्रको विश्वकै दिग्गज कम्पनी पनि हो । अक्सफामको एक रिपोर्टका अनुसार गेट्सको सम्पत्तिले सन् २०४२ सम्ममा १० खर्ब डलरको उचाई पार गर्नेछ । आज हामी तपाईलाई यिनै सर्वाधिक सफल व्यक्तिले अबको दुनियाँका लागि प्रगति गर्न सकिने संभावनायुक्त क्षेत्र भनी सुुझाएका बिषयमा बताउन गइरहेका छन् । उनको भनाईमा यस्ता केही क्षेत्र छन्, जसमा लगनशील भएर काम गर्न सके आगामी दिनमा तपाई पनि अर्बपति बन्न सक्नुुहुन्छ । आखिर कुन कुन हुन् ती क्षेत्र ? हेरौं :

आर्टिफिसियल इन्टलीजेन्स
बिल गेट्सका अनुसार आर्टिफिसियल इन्टलीजेन्स क्षेत्रको विश्वमा हालै मात्र सुरुवात भएको छ । भविष्यमा यो क्षेत्रको निकै ठूलो विकास हुने संभावना छ । उनका अनुसार यो क्षेत्रमा अझ धेरै प्रविधि विकास भएपछि मानिसको जिन्दगी अत्यधिक उत्पादनशीलक र सिर्जनशील हुनेछ । 

आर्टिफिसियल इन्टलीजेन्स कृत्रिम तरिकाले विकास गरिएको बौद्धिक क्षमता हो, जस्तो रोबोट या अटोमेटिक कार आदि । कम्प्युटर प्रोग्रामिंगको आधारमा यिनीहरुले काम गर्छन । फ्लाइट्समा अटो पायलट मोड, भ्वाइस रिकग्नेसन आदिले यो प्रविधिमा काम गर्छन । 

इनर्जीमा अपार संभावना
उनका अनुसार इनर्जी क्षेत्रमा समेत अपार संभावना रहेको छ । यहीकारण यो क्षेत्रमा काम गरेर तपाईले विश्वमा आफ्नो छुट्टै छाप छाड्न सक्नुुहुन्छ । आउने समयमा मानिसहरुले इनर्जीको गैर परम्परागत स्रोतको खोजी तथा विकासमा बढी तल्लीन हुनेछन् । यो खोजीको प्रयासले विश्वबाट गरीबी अन्त गर्न ठूलो सहयोग मिल्नेछ भने जलवायुु परिवर्तनका कतिपय समस्या समाधानमा समेत सहयोग मिल्नेछ । 

बायोसाइन्समा पनि उस्तै संभावना
बिल गेट्सका अनुसार आजको समयमा बायो साइन्सको क्षेत्रमा काम गर्नु समेत निकै फाइदाजनक छ । उनले यो पनि भनेका छन् कि आजको मितिमा यदि उनले नयाँ विजिनेश सुरु गर्ने सोच्थे भने उनले यही क्षेत्रबाट विजिनेशको सुरुवात गर्थे । बायोसाइन्समा काफी अवसर छ । यसले तपाईलाई स्वस्थ र खुशी जीवन जिउन समेत मद्धत गर्नेछ ।