काठमाण्डौ । कुनै मनमौजी, तर सफल लगानीकर्ता जब उसको अनुभव सेयर गर्छ भने उसलाई तपाईले चूपचाप सुन्नुपर्ने हुन्छ । नेपालमा यस्ता लगानीकर्ता निकै कम छन्, तर भारतमा राकेश झुनझुनवालालाई यस्तै लगानीकर्ताको रुपमा हेरिन्छ । 

उनले सेयर बजारमा ५ हजार भारुबाट लगानीको सुरुवात गरेका थिए र आजको उनको लगानीको साम्राज्य अरबौं रुपैयाँको छ ।

पछिल्लो केही वर्षमा झुनझुनवालाले भारतकै सबैभन्दा धनी र स्मार्ट सेयर लगानीकर्ता तथा कारोबारीको पहिचान बनाएका छन् । उनलाई अक्सर भारतको वारेन बफेट पनि भन्ने गरिन्छ ।

हालै भारतमा आयोजित एक आर्थिक सम्मलेनमा झुनझुनवालाले भनेका छन्–‘कारोबार भनेको निकै तीव्र गतिविधि हो । यदि मलाई कसैले विकल्प दिन्छ भने म मेरो सबै पैसा कारोबारबाट निकाल्न चाहन्छु, तर यस्तो संभव नहुँदो रहेछ । किनभने तपाईले यसमा पैसा गुमाउनु पनि हुन्छ । मैले पनि कैयन पटक पैसा गुमाएको छु । कारोबार गर्ने काम सहज छैन ।’ 

सेयरलाई बुझ्ने क्षमता
सेयर बजारको उतारचढावको बीच वास्तवमै झुनझुनवालाले सन् १९९२ को सर्ट सेलिङबाट कसरी औधी पैसा कमाए भन्ने कुरा सेयर गरेका छन् । उनले भनेका छन्–‘४० देखि १०० को बीचमा सर्ट सेलिङ सुरु गरेँ । त्यसपछि त्यसबेला बिएसआईका कार्यकारीले मलाई बोलाए र आफनो ब्याज फिर्ताको धम्की दिए ।’ उनले मबाट ३५०० मा बोलाए र ३००० मा पनि बोलाए । अन्ततः जब इण्डेक्स २२०० मा थियो, त्यसबेला मैले उनलाई भने कार्यकारी जी यदि प्रत्येक स्टेजमा मलाई हटाउनुको साटो मलाई साथ दिनुभएको भए आज तपाईलाई खुशी हुने थिएन होला ?’

पत्नी र प्रेमिकाको सिद्धान्त
राकेशले हमेसा बुलिस प्रवृतिको जस्तै कमाई गरे । यो नै उनको सफलताको निकै ठूलो राज समेत हो । उनले भनेका छन्–‘स्टक मार्केटमा ९० प्रतिशत पैसा बुल बनेरै कमाउने हो । तपाई ठूलै बुल हुन आवश्यक नहोला, तर बुल नभई पनि हुँदैन । झुनझुनवाला मार्केट गुरुको साथै चार्टर्ड अकाउन्टेन्ट पनि हुन् ।’ 

एक सफल कारोबारी र लगानीकर्ता बनेपछिको आफ्नो अनुभव सेयर गर्दै उनले भनेका छन्–‘कारोबार र लगानी भनेको एक किसिमले एकातर्फ पत्नी र अर्कोतर्फ प्रेमिका राखेजस्तै हो । तपाईले दुवैलाई सम्हाल्न सक्नुहुन्छ । तर, यसका लागि दुवैलाई एकअर्कासँग टाढै राख्नुपर्छ । कसैलाई पनि एकअर्काको विषयमा थाहा हुनुहुँदैन ।’

धरातललाई नभूल्नू
झुनझुनवालाले पछिल्ला केही वर्षमा धेरै सबक सिकेका छन् । जस्तै पत्नी वा मार्केटसँग बहस नगर्नु, मार्केटमा भोलाटिलिटीको भविष्यवाणी गर्नु बच्चाको रिएक्सन पत्ता लगाउनु भन्दा सजिलो छ, र सफलतालाई हमेसा विनम्रताका साथ स्वीकार गर्नुपर्छ ।  उनले भनेका छन्–‘तपाई कहाँबाट आउनुभएको हो, यसलाई नभूल्नुहोस् । तपाई जस्तो होइन, त्यस्तै देखाउन वा देखिने कोशिश नगर्नु नै वेस हुन्छ । यो याद राख्नुहोस् कि सबैभन्दा ठूलो गल्ती सबैभन्दा राम्रो समयमै हुन्छ । सर्ट सेलिङको समयमा तपाईले केही करोड कमाउनुभयो भने सबै वर्ष त्यति नै कमाई हुन्छ भन्ने छैन । यसकारण जब तपाईलाई सफलता प्राप्त हुन्छ, यो नसम्झनुहोस् कि त्यो सधैं  जारी रहन्छ । तर, यसलाई निरन्तर राखिरहने कोशिश चाहि सधैं नै गर्नुहोस् ।’