-आर.आर. हरिकृष्ण जोशी
प्रत्येक व्यक्ति सफलता प्राप्त गर्न चाहान्छ । सबैभन्दा ठूलो बनुन्, सबैले मलाई मानुन, प्रशस्त धन सम्पत्ति कमाएर एक सफल ब्यक्तिको रुपमा चिनिम भन्ने कसको ईच्छा नहोला ? तर विडम्बना मेहनत गर्ने र धैर्य गर्न सक्ने क्षमता हामीमा छैन । चाहाना आउने वित्तिकै, सोच्ने वित्तिकै या काम शुरु गर्ने वित्तिकै सफलता मिलोस् भन्ने चाहान्छौ र मिलेन भने भगवानलाई सरापी हाल्छौ। 

चाहने बित्तिकै बजार गएर सामान किनेर ल्याएजस्तो सफलता किन्न पाइँदैन र यो बजारमा बिक्ने वस्तु पनि होईन । । मैले सोचे जस्तो भइदिएको भए भनेर होईन कि किन भएन र अब के गर्न सकिन्छ भनेर सोधखोज गर्न नलाग्नु र थप मेहनत गर्न नरुचाउनुले धेरै मानिसहरु सफलताबाट बिमुख भएका छन् । जोयस मायरको भनाई नै छ नि ‘म त्यहाँ छैन जहाँ पुग्न चाहान्थेँ, तर भगवानलाई यो कारणले धन्यवाद दिन चाहान्छु कि म अहिले त्यहाँ पनि छैन, जहाँ म पहिला थिएँ’ । हो शुरु गरेर अगाडि बढिसक्नुभएको छ तपाईको गन्तब्य छोटीदै छ । तपाईले भनेको समयमा नै प्राप्त भएन भनेर नआत्तिनुहोस, थप मेहेनत गर्नुहोस । 

जिन्दगी भनेको त सपनालाई वास्तविक रुपमा परिणत गरेर सफलता प्राप्त गर्नु नै हो । समस्याको समाधान नखोजी समस्याको अन्त्य चाहानुभयो भने त्यो सम्भब छैन । बितेको मात्र सोचेर बस्ने हो भने भोलिलाई परिवर्तन गर्न सकिन्न । तसर्थ जब समस्यासित जुधेर सही निर्णय गरेर अगाडि बढ्छौ, तब मात्र प्राप्त हुन्छ सफलता । आउनुहोस्् सफलता प्राप्त गर्न केही तरिकाहरुको बारेमा जानकारी लीऔ ।

कुरामा होईन काममा विश्वास गरौं।

एउटा गाउँमा एउटा किसान बस्थ्यो, जसकोे सम्पत्तिको नाममा अलिकति खेतबाहेक अरु केही थिएन, दिनरात मेहनत गरेर गुजारा चलाईरहेको थियो । बिस्तारै बच्चाहरु हुर्कदै थिए भनें बालबच्चा हुर्किँदै गर्दा उनीहरुको थप पढाई खर्च कसरी जुटाउने भन्ने उसलाई चिन्ता  थपिदै गएको थियो । 

अनि किसानले सोच्छ, जिन्दगी कति जिन्दगी कति कठीन छ, एउटा समस्या नसकिँदै अर्को समस्या थपिइहाल्ने । लाग्छ मेरो जिन्दगीमा समस्या नै समस्या भन्दा अरु केही पनि छैन भन्ने सोच्न थाल्छ । यत्तिकैमा एक दिन गाउँमा एउटा बिद्वान साधु प्रबेश गरेको खबर फैलियो । बिद्वान भएको ठाउँमा गएपछि सबै समस्याको समाधान निस्किन्छ भनेर हल्ला फैलियो र त्यो कुरो त्यो किसानले पनि सुन्यो र मनमनै बिचार गर्यो: म पनि  त्यो साधुकोमा जान पर्यो र मेरो समस्याबाट पनि मुक्ति पाउनु पर्यो भनी साधुकोमा जाने निर्णय गर्यो र गयो । जब साधुलाई भेट्न पायो र साधुलाई भन्यो–मैले जीवनमा धेरै संघर्ष गरेँ, तर मेरो दुःख कहिल्यै सकिएन । समस्या बरु थपिँदै गए, मैले यसबाट मुक्ति पाउँ हजुर भन्यो । अनि साधुले मुसुक्क हास्दै जवाफ दिए–भईहाल्छ नि आऊ मसँग भनेर संगै लगे । साधुले भईहाल्छ नि भनेर संगै जान भनेपछि खुशीले गदगद हँुदै साधुको पछि लाग्यो । 

धेरै टाढा पुगेपछि एउटा नदी आयो र नदीको किनारामा गई साधुले भने–नदी तरेर पारी गएपछि सबै समस्या चट् हुन्छ, म तिमीलाई सबै कुरा त्यहीँ भन्छु भनेर भनेछन् र नदीको किनारामा उभिएर बसेछन् । लामो समयसम्म उभिरहेपछि किसानको मनमा प्रश्न खेल्न थाल्यो । कोही आउँदैछ कि खोला तार्न कि भगवान नै आउँदैछन् कि भनेर कुरा खेल्यो । लामो समयसम्म कुर्दा पनि केही पार नलागेपछि किसानले साधुलाई सोध्यो–साधु हामी किन यहाँ उभिरहेका छौ ? हामी त पारि जाने भनेको होईन ? भनेपछि साधुले उत्तर दिएहो अहिले यो नदी ठुलो छ यत्तीकैमातर्न खोज्यो भने डुवाउछ त्यहीभएर नदी सुख्छ अनि जाउँला भनेर यहाँ बसेको भनेपछि किसानले फेरि सोधेछ–साधु यो नदी हो कहाँ सुक्नु ? यो त निरन्तर यसरी नै बगरिहन्छ ।

साधु मुस्कुराउँदै भन्छन्–हो जीवन पनि नदी जस्तै हो । जब नदीमा पानी सुक्दैन, त्यस्तै जीवनको समस्या पनि सकिन्न । त्यसैले समाधान गर्ने हो भने आँट पनि गर्नुपर्छ । सफलता चाहने हो भने समस्या समाधानतिर लागौ, भाग्ने र भगवान भरोसातर्फ लाग्ने मूर्खता नगरौं । 

सोचले बदल्छ जीवन
एक गाउँमा ३ जना किसानका पविार बस्थे । उनीहरु आर्थिक अवस्था कमजोर थियो । बाबु, आमा र एक जना छोरा थिए । समयको अन्तरालसंगै बाबु बिस्तारै बिरामी पर्दै गए र रोगले ग्रस्त भई मरे । 

अब किसानकी श्रीमतीलाई छोरालाई पढाउने खर्चसँगै जिविकोपार्जन गर्न दैनिक काम गरी गुजारा चलाउने जिम्मा पनि थपियो । छोरा बिद्यालय जान्थ्यो, एक दिन बेलुका छोराले आमालाई विद्यालयले चिठी पठाएको छ, लिनुस् भनेर दियो । आमाले पढिन् अनि बच्चाले सोध्यो–आमा के रहेछ त्यो पत्रमा ?

आमाले मुस्कुराउँदै भनिन्–बाबु यसमा त तपाईको छोरो पढ्न, खेल्न तथा अन्य गतिविधिमा अत्यन्त टाठो छ, हाम्रो बिद्यालयमा उसको सङ्गत गर्ने खालको बिद्यार्थी र उसलाई बुझाउनसक्ने गुरुहरु नै हुनुहुन्न, अर्कै बिद्यालय लगेर भर्ना गरिदिनुस भनेको छ । आमाको कुरा सुनेपछि छोरा खुशी भयो र आमाले दु.ख सु.खका साथअर्को बिद्यालय लगेर भर्ना गरिदिइन । छोराले एसएलसीमा राम्रो अंक ल्याउने सफलता पायो ।

आमा बिस्तारै बुढी हुँदै गइन र एकदिन आमा बितिन् । उसले आमालाई अति माया गथ्र्यो । आमा बितेपछि रुनुसम्म रोयो र आमालाई त्यहाँबाट उठाउने बेलामा सिरानीमा एउटा कागज फेला पारो र त्यो कागज पढ्यो । पढेपछि उसको होस उड्यो । त्यो पत्रमा लेखएिको रहेछ–तपाईको छोरोलाई पढ्न, खेल्न जति सिकाउँदा पनि आएन, तपाईको छोराका कारण अरु विद्यार्थी पनि बिग्रिने अवस्था आयो र शिक्षकहरुले तपाईको छोरालाई पढाउन पनि रुचाउँदैनन्, तसर्थ तपाईको छोरालाई अर्को बिद्यालयमा सार्नुस् नत्र हामी हटाउन बाध्य हुन्छौ भनेर लेखेको रहेछ ।

आमाले त्यो पत्र पढेपछि जसरी पनि आफ्नो छोरालाई पढाएर सफल बनाउन चाहान्थिन र बनाएरै छाडिन् । 

हो हाम्रो जिन्दगीमा पनि विभिन्न खालका उतारचढावहरु आइरहन्छन् । तिनीहरुलाई सकारात्मक सोचका साथ समस्या समाधानतिर मेहनत गरौ, अवश्य सफल भइन्छ ।

(लेखक बुटवलका बैंकर हुन्।)