-चन्द्रप्रसाद ढकाल
ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी यस अघि पनि १० वटा वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ति गरी सफलतापूर्वक कारोबार संचालन गरी आएको विदितै छ । यसै क्रममा जनता बैंक नेपाल लिमिटेड सँग पनि आपसमा गाभिई एउटै संस्थाको रुपमा कारोवार संचालन गर्ने उद्देश्य लिई सकारात्मक रुपमा छलफल अघि बढ्दा सबैको सहमति कायम हुन सकेकै कारण आ(आफ्ना शेयरधनीहरुको सहमतिका साथै नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति प्राप्त भई आजैदेखि संयुक्त कारोवार संचालन शुभारम्भ भएको छ । 

यसरी जनता बैंक नेपाल लिमिटेडसँग मिलेर कारोवार अगाडि बढाउन पाउँदा हामीलाई हर्षको अनुभूति भएको छ । यस मर्जरले यस बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं मुलुकको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त छौ ।

ग्लोबल आइएमई बैंक लिमिटेड क वर्गको वाणिज्य बैंकको रुपमा १३ वर्ष अगाडि र जनता बैंक नेपाल लिमिटेड क वर्गको वाणिज्य बैंकको रुपमा १० वर्ष अगाडि स्थापना भई सफलतापूर्वक कार्य सम्पादन गर्दै आएका राष्ट्रिय बैंक हुन । नेपाल सरकारले आ.व.०७६/७७ को बजेटमार्फत र नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वित्तीय संस्थाहरुको सवलीकरणका लागि मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरी आएको तथ्यलाई दृष्टिगत गरी दुवै बैंक मर्जर गरी एउटै संस्था हुँदा बैंकको पुँजीमा अभिवृद्धि भई थप कारोवार गर्न सुविधा पुग्नेछ ।

यस प्रक्रियाबाट प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक बर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुनेछ । साथै यसबाट मुलुकको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायीत्व कायम गर्न मद्दत पुग्नेछ । 

यसका अतिरिक्त बैंकले प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि भई व्यापक पहँुचका साथ स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्न सकिनेमा विश्वस्त भई दुवै पक्ष मर्जर गर्ने मूल उद्देश्यमा सहमत भएको हो ।

मर्जर सम्वन्धी विविध पक्षको मूल्याङ्कन तथा छलफल पश्चात नै हामी दुवै बैंकले अगाडी बढ्ने निर्णय लिएका हौं । जनता बैंक नेपाल लिमिटेड आफैमा एक सबल वाणिज्य बैंक रही आएकोले मजबुत बैंकसँग मर्जर कार्य हुन सकेकोमा हामी गौरवान्वित छौँ। यो कार्य जति चुनौतिपूर्ण रहेता पनि  हामीलाई यस कार्यले आगामी दिनमा उत्तिकै अवसर पनि प्रदान गर्छ भन्नेमा हामी विश्वस्त छौँ । 

बैंक वित्तीय संस्था मर्जर सम्वन्धी नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई आत्मसात गर्न पाएको मात्र नभई यसलाई सफलतापूर्वक अगाडि बढाउन हामी तत्पर एवं दृढ विश्वस्त रही आएका छौं । साथै आगामी दिनमा आइपर्ने हरेक चुनौतिको सामना गर्न नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकाय र सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।

ग्लोबल आइएमई बैंकले यसभन्दा पहिला १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरिसकेको छ भने जनता बैंक नेपाल लिमीटेडले ८ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर एवम् प्राप्ति गरी सफलतापूर्वक व्यवस्थापन गर्न सफल भएको विदितै छ । नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति नीतिलाई सफल पार्न सबैभन्दा धेरै बैंक वित्तीय संस्थाहरु समाहित गर्ने कार्यमा ग्लोबल आइएमई बैंकले पहिलो स्थान हासिल गरेको छ ।  

मर्जरपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको चुक्तापुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १३ अर्ब भन्दा बढी र कुल कर्जा १ खर्ब ९४ अर्ब पुगेको छ । 

त्यस्तै देशका ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् । त्यसैगरी बैंकका २५९ एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवम् ३ ओटा बैदेशिक प्रतिनिधि कार्यालय सहितजम्मा ८४० आउटलेट्स रहने छन् । 

बैंकको ग्राहक संख्या करिब २० लाख पुग्ने भएकोले बैंकको उपस्थिति देशव्यापी रुपमा अझ फराकिलो एवं मजवुत हुनेमा हामी पूर्ण रुपमा विश्वस्त छौँ । 

मर्जरपश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गरिनेछ । 

बंैकको बढ्दो ब्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुनसक्ने जोखिमहरु अध्ययन तथा पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी हुनसक्ने हानी वा प्रभावलाई न्यून गर्नका लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाइदै लगिनेछ  ।

बंैकका प्रादेशिक कार्यालयहरुलाई नेपाल राष्ट्रबंैकको निर्देशन अनुसार सम्बन्धित प्रदेशमा रहेका शाखाहरुको निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई लगायतका कार्यहरुमा परिचालन गरिएको छ । बंैकको बढ्दो ब्यवसाय तथा शाखा/सञ्जालका साथै राष्ट्रले अङ्गिकार गरेको भौगोलिक संरचना अनुरुप हाल भएका प्रादेशिक कार्यालयहरुलाई थप साधन तथा अधिकार सम्पन्न बनाई प्रभावकारी रुपमा संचालन गर्न योग्य बनाउनुका साथै थप जिम्मेबार तथा अधिकार सम्पन्न बनाईने छ । 

बंंैकको समग्र अनुपालनको स्थितिलाई थप मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको अनुपालन संयन्त्रलाई अझ प्रभावकारी बनाउने प्रक्रिया अन्तर्गत छुट्टाछुट्टै सम्पत्ति शुद्धिकरण तथा समग्र अनुपालन इकाईको ब्यवस्था गरिएको र आगामी वर्षहरुमा यसलाई थप सुदृढ तथा प्रभावकारी बनाउँदै लगिने छ । ग्रामीण भेगमा रहेका बैंकका शाखा तथा शाखारहित बैकिङ्ग सेवा मार्फत ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत बैंकिङ्ग सेवा उपलब्ध गराउने कार्य जारी राखिने छ ।

बैंकको घोषित नीति अनुरुप खुद्रा तथा मझौला कर्जा(एसएमई) बिस्तारमा विशेष महत्व दिनुका साथै नेपाल राष्ट्र बंैकको निर्देशन अनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशिल क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राखिनेछ । 

साथै कर्जामा निहित जोखिम न्यूनिकरणका लागि कर्जा मिश्रणमा विशेष ध्यान दिइनेछ । 

बैंकको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँनुका साथै बंैकको विप्रेषण तथा अन्य ब्यवसायमा आवश्यक अन्तरदेशीय समन्वयमा यस बंैकले संचालनमा ल्याएका अष्ट्रेलिया, भारत तथा बेलायतस्थित प्रतिनिधि कार्यालयहरुले निर्वाह गरेको भूमिकालाई मध्यनजर गर्दैै यस बंैकले थप दुईवटा प्रतिनिधि कार्यालयहरु, दक्षिण कोरियाको सोल र जापानको टोकियोमा खोल्ने प्रक्रिया अगाडि बढाइसकेको छ । 

यो मर्जरलाई सफल मर्जरको रुपमा स्थापित गर्ने हाम्रोे प्रतिवद्धता समेत व्यक्त गर्दछु । 

(जनता बैंक नेपाल लिमीटेडसँग मर्जर सम्पन्न भएपछि एकीकृत कारोबारको उद्घाटन गर्न शुक्रबार बिहान आयोजित समारोहमा देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालद्वारा व्यक्त विचारको सम्पादित अंश)