काठमाण्डौ । सेयर बजारमा यो साता बिमा कम्पनीहरुकै बोलवाला चल्यो । तर, साताको अन्तिम कारोबार दिन भने बाठा सर्ट टर्म कारोबारीहरुले बढेर उचाई प्राप्त गरेको मूल्यमा सेयर बिक्री गरी राम्रो दाउ मारेका छन् । बाठा कारोबारीले केही दिनमै राम्रो कमाई आर्जन गरे पनि लाटाहरु चाहि हेरेका हेर्यै भए । 

सर्ट टर्म कारोबारीले राम्रो नाफा लिएर बिमा कम्पनीको सेयर धमाधम बिक्री गरेकै कारण बिहीबार बजारमा कारोबार रकम १ अर्ब १६ करोड माथि पुुग्दा पनि बिमा समूहको सूचकमा भने पहिरो गयो । 

नेप्से परिसूचक १.५ अंकले बढेर १६४६.५३ विन्दूमा पुुगेको छ । 

यो दिन पनि २ दिनअघि झै वाणिज्य बैंकहरु धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा अटाउन सकेनन् । 

साताको प्रथम चार कारोबार दिन उछालको गतिमा बढिरहेको बिमा समूहको सूचक बिहीबार भने १६०.५३ अंकले घट्न पुुग्यो । 

यी चार दिन माथि उठ्न नसकेको बैकिंग समूह बिहीबार भने ६.१३ अंकले बढ्यो । बैकिंग समूह बढ्दा बिमा समूह घट्ने र बिमा समूह बढ्दा बैकिंग समूह घट्ने अनौठो प्रवृुति पछिल्लो कालमा देखिन थालेको छ । 

बिहीबार होटल, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ६.६६, २२.८९, ५४.१७ र ०.५८ अंकले बढे । जलविद्युत समूहमा २१.१४ र बित्त समूहमा ०.७३ अंकको गिरावट देखियो । 

'क' वर्गका कम्पनीको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ०.४५ र फ्लोट इण्डेक्स ०.३१ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ५० कम्पनीका १ अर्ब १६ करोड ३५ लाख ८१ ह्जार २ सय ९८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी कारोबार प्रभूू इन्स्योरेन्सले ५ करोड ८६ लाख बढीको गर्यो । प्राइम लाइफ इन्स्योरेन्सले ५ करोड १९ लाख, सगरमाथा इन्स्योरेन्सले ४ करोड ४८ लाख, नेपाल लाइफले ३ करोड ८६ लाख, नेपाल इन्स्योरेन्स कर्पोेरेसनले ३ करोड ४८ लाख, मुक्तिनाथ विकास बैंकले ३ करोड २१ लाख बढीको कारोबार गरे । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ८ स्थान बिमा कम्पनी र २ स्थान विकास कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार चार कम्पनीका लगानीकर्ताले कुस्त कमाए । काबेली विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो भने हिमालयन डिस्टीलरी, लुम्बिनी विकास बैंक र कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन सबैभन्दा बढी अरुण फाइनान्सले गुमायो । यो कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशतले घट्न पुुग्यो ।