काठमाण्डौ । धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै सीआस्वा प्रणालीलाई अनिवार्य गरिए पनि अनलाइनबाट मात्र आवेदन दिने प्रणाली भने अनिवार्य नभएको प्रष्ट्याएको छ । 

आगामी फागुन ११ गतेदेखि अनिवार्य रुपमा लागू हुने सीआस्वा प्रणालीलाई कतिपयले अनलाइनमार्फत मात्र आवेदन दिनुपर्ने भनी भ्रम सिर्जना हुन गएको भन्दै बोर्डले यो व्यवस्थाको बिषयमा थप प्रष्ट पारेको हो ।

‘यसभन्दा अगाडि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आ—आफ्नो सफ्टवेयरबाट छुट्टा छुट्टै रुपमा आस्वा मार्फत आवेदन गर्ने व्यवस्था गरिरहेकोमा हाल सिडिएस एण्ड क्लियरिङ्ग लि.बाट एकिकृत सफ्टवेयर तयार गरी सि—आस्वा प्रणाली मार्फत आवेदन दिने व्यवस्था गरिएको हो । सो बमोजिम लगानीकर्ताहरुले आवेदन गर्दा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाटअनिवार्य रुपमा सि—आस्वा रजिष्टे«शन नम्बर लिनुपर्ने व्यवस्था गरिएको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘उक्त नम्बर लिई लगानीकर्ता स्वयंम आफै अनलाईन मार्फत आवेदन दिन सक्ने र अनलाइन मार्फत आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गएर सि—आस्वा फारम भरी आवेदन बरावरको रकम रोक्का राखी यस प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था गरिएकोे छ ।’

यसरी सिआस्वा प्रणाली मार्फत सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा सि—आस्वा रजिष्टे«शन नम्बर लिई अनलाईन तथा सिआस्वा फारम भर्ने दुईमध्ये एक प्रक्रिया रोज्ने सुविधा लगानीकर्तालाई उपलब्ध रहेको बोर्डको प्रष्टोक्ति छ ।

सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँट पछि आवेदको बाँडफाँटमा परेको धितोपत्र बरावरको रकम मात्र खाताबाट खिच्ने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डबाट “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मार्फत आस्वा प्रणाली लागू गरेको हो ।

आस्वा अन्र्तगत कम्प्युटरकृत प्रणाली मार्फत एकिकृत गरी आवेदन दिने कार्यलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले Centralized  Application for ASBA Based Issuance (सि-आस्वा) प्रणाली लागू गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडले तयार गरेको“धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४” बोर्डबाट स्वीकृत गरिएको हो । यही निर्देशिका बमोजिम नै सीआस्वा प्रणाली फागुन ११ गतेदेखि अनिवार्य लागू हुने छ ।