काठमाण्डौ । भारतमा अटोमोबाइल सेक्टरमा मन्दी छाइरहेको बेला हुन्डई मोटर इन्डिया कम्पनीको ‘हुन्डई भेन्यू’ कारको बिक्रीले रेकर्ड तोडेको छ ।

भारतमा यो कार गत मे महिनामा लन्च भएको थियो । लन्च भएको ६ महिनामै यो कार खरिदका लागि करिब ७५ हजार बुकिङ परिसकेको छ ।

भारतमा हुन्डई भेन्यू कार निकै रुचाइएको छ । यसमा मन्दीको कुनै असर परेको छैन ।

बुकिङ परेकोमध्ये ४२ हजार ६८१ कार ग्राहकलाई उपलब्ध गराइसकेको कम्पनीले जनाएको छ । कम्पनीका एग्जिक्युटिभ डाइरेक्टर हुन्डई भेन्यू कारको बिक्रीको आँकडाबाट दंग छन् । उनी भन्छन्, ‘कम्पनीका लागि यो निकै गौरवको कुरा हो । अन्य सेगमेन्टका कारहरुलाई यो कारले निकै पछाडि पारेको छ । यो कार आफ्नो सेगमेन्टका काहरुहरुमा नम्बर १ बनेको छ ।’

यो कार स्ट्रेस फ्री ड्राइभिङका लागि ऐक्टिभ र प्यासिभ सेफ्टी दिन्छ । कार बनाउनका लागि ६९ प्रतिशत अडवान्स्ड हाई स्ट्रेन्थ स्थिल र हाई स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ ।

बोल्ड लुकको यो कार साइडबाट क्रेटाजस्तो देखिन्छ । यो एसयूबीको फ्रन्ट र रियर साइड क्रेटाभन्दा निकै फरक छ । यसमा केसकेडिङ ग्रिल, स्प्लिट हेल्याम्प्स, प्रोजेक्टर फग ल्याम्प्स, एलईडी टेल ल्याम्प्स, १६ इन्चको डायमन्ड कट अलय विल्ज र साइडमा स्ट्राङ क्यारेक्टर लाइन्स दिइएको छ । यो कारको क्याबिनमा प्रिमियम फिल दिनका लागि प्रिमियम लेजर कट फिनिसङ ड्यासबोर्ड र फ्याब्रिक लेदर फिनिस सिटहरु राखिएको छ । एसयूबी १० कलर अप्सनमा उपलब्ध छ ।

कम्पनीले यो सानो एसयूबी कारलाई तीनवटा इन्जिन अप्सनमा लन्च गरेको छ । यसमा एउटा १.२ लिटर पेट्रोल इन्जिनवाला छ । जसले ८२ बीएचपी पावर र ११४एनएम पिक टार्क जनरेट गर्न सक्छ ।

त्यस्तै अर्को दोस्रो १.४ लिटर डिजल इन्जिनवाला छ । जुन ८९ बीएचपी पावर र २२० एनएम पिक टार्क जनरेट गर्ने क्षमताको छ ।

तेस्रो चाहिँ १.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनवाला छ । जुन ११८ बीएचपी पावर र १७२ एनएम पिक टार्क जनरेट गर्ने क्षमताको छ । यो इन्जिनका साथ ६ स्पिड म्यानुअल र ७ स्पिड ड्युल क्चल अटोमेटिक ट्रान्समिसन अप्सन दिइएको छ । – एजेन्सी