काठमाण्डौ । नयाँ ‘होन्डा सिटी’ कारले थाइल्यान्डमा सोमबार ग्लोबल डेब्यु गरेको छ ।

यो नयाँ कारले वर्तमान मोडेलको भन्दा धेरै माइलेज दिन्छ । २०२० होन्डा सिटीले आफ्नो लन्चिङको मिति तय गरेको छैन तर यसको लन्चिङ सम्भवत २०२० मै हुुने अनुुमान गरिँदैछ । पाचौँ जेनेरेसन होंडा सिटी कम्पनीको अकाँड तथा सिविकसँग मिल्दोजुल्दो छ ।

नयाँ होन्डा सिटीको फ्रन्ट लुुक बिलकुुलै नयाँ र फ्रेस देखिन्छ । यसमा ठूूलो र चौडा क्रोम ग्रिल, डेटाइम रनिङ लाइट्सका साथमा रिभाइज्ड र्यापराउन्ड, एलईडी हेडल्याप्स र नयाँ डिजाइनको फग्स ल्याप रहेको छ ।

कारको बोनट डिजाइनमा पनि परिवर्तन गरिएको छ । कारको पछिल्लोतर्फको ‘सी’ सेपमा एलईडी टेल ल्याम्प र भर्टिकल पोजिसनमा लगाइएको रिफ्लेक्टर्सका साथमा नयाँ डिजाइनको रियर बम्पर दिइएको छ । यो शानदार सेडन कारमा मल्टी स्पोक डायमन्ड कट एलाय विल्स् रहेको छ ।

वर्तमान मोडलभन्दा नयाँ होन्डा सिटी १०० एमएम लामो र ५३ एमएम चौडा रहेको छ । तर यसको उचाइ २८ एमएम र ह्विलबेस ११ एमएम कम रहेको छ । लम्बाइ र चौडाइ धेरै हुुनुुको मतलब वर्तमान मोडेलभन्दा नयाँ होन्डा सिटीमा धेरै स्पेस उपलब्ध हुुनेछ ।

नयाँ सिटी कारको इन्टेरियर हालै वल्र्ड डेब्यूु गरेको नयाँ जेनेरेसन होन्डा ज्याजबाट प्रेरित रहेको छ । कारमा नयाँ डिजाइनको ड्यासबोर्ड र माउटेंड अडियो, ब्लुुटुुथ, क्रुुज कन्ट्रोलका साथमा नयाँ डिजाइनको मल्टिफङ्सन स्टियरिङ ह्विल्सजस्ता विशेषता नयाँ ज्याजबाट लिइएका छन् । यसका साथै यसमा एन्ड्रोइड अटो र एप्पल कार प्लेका साथमा ८ इन्चको नयाँ टचस्क्रिन इन्फोन्मेन्ट सिस्टम पनि दिइएको छ ।

थाइल्यान्डमा प्रस्तुत गरिएको मोडलको इन्टेरियर ब्लाक कलरमा रहेको छ । सुुरक्षाको कुुरा गर्दा यसमा ६ एअरब्याग्स, मल्टी एङ्गल रियर भ्युु क्यामेरा, एबीएस, ईबीडी, भेइकल स्ट्याबिलिटी कन्ट्रोल र हिल स्र्टाट असिस्टजस्ता विशेषता उपलब्ध रहेका छन् ।

नेक्स्ट जेनेरेसन होन्डा सिटीको थाइल्यान्ड मोडलमा दुुईवटा इन्जिन अप्सन दिइएको छ । यीमध्ये एउटा १.० लिटर र ३ सिलिन्डर आइभिटेक टर्बाेचाज्र्ड पेट्रोल इन्जिन रहेको छ । जसले १२२ बीपीएचको पावर र १७३ एनएम टार्क जेनेरेट गर्दछ । यो इन्जिन सीबीटी गियरबक्सबाट सज्जित छ ।

कम्पनीले यो इन्जिनले २३.८ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी गरेको छ । अर्काे १.५ लिटरको हाइब्रिड पेट्रोल इन्जिन रहेको छ । कम्पनीको दावाअनुुसार स्टान्डर्ड इन्जिनभन्दा यो माइल्ड हाइब्रिड इन्जिनले ३३ प्रतिशत बढी माइलेज दिन्छ । – एजेन्सी