-राधा पोखरेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ
अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रस्तुत गर्नुभएको बजेटबाट पूँजी बजारलाई सुधार र ब्यवस्थित गर्नका लागि तपसिल बमोजिमका कदम चाल्नु भएको हुँदा हाम्रो नेपाल पूँजीबजार लगानीकर्ता संघको साथै मेरो ब्यक्तिगत तर्फबाट समेत स्वागत गर्न चाहन्छु । 

साथै हाम्रो संघले धेरै पहिलादेखि उठाउँदै आएका धेरै बुँदाहरु बजेटमा समाबेश भएका छन् । बजेटमा समाबेश हुन नमिलेका बुँदाहरु आगामी आर्थिक वर्षमाराष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमार्फत सम्बोधन हुने कुरामा हामी आशावादी रहेका छौ ।

बजेटमार्फत पूँजी बजारका लागि चालिएका सुधारका कदमहरु :
१.सेयर कारोबर गर्ने प्राकृतिक ब्यक्तिलाई पूँजीगत लाभ कर ५ प्रतिशत कायम गरिएको छ । 
२.धितोपत्रको दोस्रो बजारमा निश्चित रकमभन्दा बढीको कारोबार गर्ने लगानीकर्तालाई प्यानसहितको विवरण नेप्से तथा सिडिएससीको राफसाफ प्रणालीमा आबद्ध गरिनेछ । 
३.धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको संस्थागत सुधार गरिनेछ । 
४.बैंकहरुलाई बिग मर्जरमा लान प्रोत्साहित गरिनेछ । यस किसिमको  मर्जर नीति बिमा कम्पनीहरुको हकमा समेत लिईनेछ ।
५. गैरआवासीय नेपालीलाई धितोपत्र कारोबारको  दोस्रो बजारमा लगानी गर्न दायरा फराकिलो बनाइनेछ ।