काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो “१०% एनबिएल डिबेन्चर २०८३” निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडसँग सम्झौता गरेको छ ।

बैंकले रु. २ अर्ब ५० करोडबराबरको डिबेन्चर १०% व्याजसहित सात वर्षका लागि निष्काशन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको हो। जसअनुसार यो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त गरिएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कूल २५ लाख इकाइ डिबेन्चरमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र १० लाख इकाइ सर्वसाधारणमा निष्काशन गरिनेछ ।