काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको ट्याक्सीचालकहरुका लागि पहिलो चरणमा चालक ज्याकेट उपलब्ध गराएको छ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएको थियो ।  सो कार्यलाई सहज बनाउने अभिप्रायले शिवमले पहिलो चरणअन्तर्गत ट्याक्सीलाई विजयादशमीको शुभकामनाकासहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो । 

कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्पmबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सीचालक ज्याकेट हस्तान्तरण गरेका थिए । 

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाउँपालिकामार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्यचौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप विजया दशमीको अवसर पारी शिवम सिमेन्टस् लिमीटेडले  चालकज्याकेट हस्तान्तरण गरेको थियो।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीउक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।