काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डौको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्यबानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।