काठमाण्डौ । गरिमा बिकास बैक लिमिटेड शाखा कार्यालय तल्लोगगनगौंडाद्धारा पोखरा महानगरपालिका वडा नं. ३२, मजुवास्थित सामुदायिक सरकारी बिद्यालय कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी ब्यवस्थापनका लागि ५०० लिटरको १ थान पञ्चकन्या पानी टंकी मंसिर ९ गते आइतबारका दिन एक कार्यक्रममाझ हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा बिकास बैंकको पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, लघुबित्त बिभाग प्रमुख नविन प्याकुरेल, तल्लो गगनगौडा शाखाका प्रमुख केशबहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगांैडाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बिद्यालयको तर्फबाट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, प्रधानाध्यापक बिष्णुबहादुर बस्नेत, बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, अभिभावक संघका पदाधिकारीहरु, बिद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै बैकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीहरुले स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि बैंकले पानी टंकी सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे । 

सो अवसरमा बैकका लघुबित्त बिभाग प्रमुख  नविन प्याकुरेलले बैकले १२ औं बार्षिक उत्सवको अवसरमा गत मंसिर ७ गते शुक्रबार देशभरका विभिन्न शाखा कार्यलयहरुमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी ४३० युनिट रगत संकलन गर्न सफल भएको जानकारी गराएका थिए । 

विद्यालयको तर्फबाट बोल्दै विद्यालयका प्रधानाध्यापक बिष्णुबहादुर बस्नेतले विद्यालयको समस्या तथा संभावना बारे जानकारी गराउँदै पानी टंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको कुरा बताए । साथै उनले तल्लो गगनगौडा शाखाले छोटो समयमा नै ग्राहकको मन जित्न सफल भएको र आगामी दिनहरुमा बैंकको प्रगतिको कामना गरेका थिए । 

प्रधान कार्यालय काठमाडौं लाजिम्पाटमा रहेको गरिमा विकास बैकले हाल देशभरि ६६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेकोे छ ।