काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीयअधिकृत उमंग शर्माले रू एक लाखको चेक संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरिन् ।

सो रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको छ । सो शिविरमा करिब १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको बताइएको छ ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।