काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा मंसीर २८ गतेदेखि संचालनमा ल्याएको छ । 

शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे । 

सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति थियो । 

समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । 

कम्पनीको आज उद्घाटन भएको शाखासहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी समेत उनले दिएका थिए । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७५।०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १अरब ५ करोड त्यसैगरी खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित शाखा ४४ तथा १० सेवा काउण्टरबाट सेवा दिईरहेको साथै २४० जना कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिए ।