काठमाण्डौ । आफ्नो शाखा सञ्जाल बिस्तारको त्रममा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । 

योसहित बैंकको शाखा संख्या ६८ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर  शिवराज श्रेष्ठले    शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।