काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका देशभरका विभिन्न शाखाले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गरेका छन् । 

बुधबार न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयका १५० बिद्यार्थीहरुलाई आवश्यक स्टेसनरी सामान, बर्दीबास शाखाले बर्दीबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकालाई  २० वटा डस्टबीन हस्तान्तरण गरेको हो ।

बैंकले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव बनाइरहेको छ । यो अवधिमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तगरत विभिन्न सेवामूलक कार्यक्रम गरिने बैंकले प्रष्ट्याएको छ ।