काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडका विभिन्न शाखाले १३ औं वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक सेवाको अभियानलाई जारी राखेका छन् । 

सो क्रममा शुक्रबार ललितपुरको कुपण्डोल शाखाले ललितपुर बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । 

यस्तै, मोरङ्गको उर्लाबारी शाखाले नमुना बालगृहलाई सरसफाईको सामाग्री वितरण गरेको छ भने नवलपरासीको दलदले शाखाले कालिका मा.वि.लाई खेलकुद सामाग्री वितरण गरेको छ । 

यही अवसरमा बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंले कार्यालय परिसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ र यो क्रम पुस २२ गतेसम्म जारी रहने जनाइएको छ ।