काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ५० दरको नयाँ नोट छाप्ने भन्दै ग्लोबल टेण्डर आह्वान गरेको छ । 

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले जनवरी ४(शुक्रबार) एक सूचनामार्फत ५० दरका २३ करोड प्रति नोट छपाईका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो । 

राष्ट्रबैंकले ५० दरका नोटको डिजाइनिंग, छपाई र आपूर्तिको कामका लागि टेण्डर आह्वान गरेको प्रष्ट्याएको छ । 

इच्छुक ठेकेदार कम्पनीले फेब्रुअरी १८ भित्रमा मुद्रा व्यवस्थापन विभागको बालुवाटारस्थित कार्यालय वा सुन्धारास्थित टक्सार विभागबाट फिर्ता नहुने गरी २० हजार नगद जम्मा गरी दरखास्त फारम लिन सक्नेछन् । 

प्रिबिड मिटिङ मुद्रा व्यवस्थापन  विभागमा जनवरी २८ तारिखका दिने हुने बताइएको छ । 

फेब्रुअरी १८ तारिखको मध्यान्ह १२ः३० मा बिडर तथा तिनका प्रतिनिधिको उपस्थितिमा शिलबन्दी बोलपत्र खोलिने बताइएको छ । 

नोट छपाईका लागि गरिएको ग्लोबल टेण्डर आह्वानको सूचना यस्तो छः