काठमाण्डौ । माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । 

मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहिआएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तानी गरेको हो ।

उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि. के. श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

मृतक सुदिप कार्कीको एक दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हकदाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेका छन् ।  

माछापुच्छ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमै खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाखसम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् ।