काठमाण्डौ ।  माछापुच्छ्रे बैंक आईएसओ ९००१ः २०१५ मान्यताप्राप्त बैंकिङ्ग संस्था बन्न सफल भएको छ । 

उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस/युकेद्वारा प्रदान गरिएको हो ।

आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । 

आईएसओ ९००१ः२०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भूमिका निर्वाह गर्दछ । 

बैंकको ग्राहक केन्द्रीत योजना, सेवा तथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।