काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा छुटको अफर सार्वजनिक गरेको छ । 

मंगलबार १५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा टेलिकमका प्रबन्ध निर्देश डिल्ली अधिकारीले कम्पनीका विभिन्न सेवामा प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी दिए । 

ती छुटहरु संक्षेपमा निम्नानुसार रहेका छन् :-
• माघ २२ देखि फाल्गुन 22 सम्म NT Mobile App Download तथा Registration मा निशुल्क 100 MB Data उपलव्ध गराइने छ ।
• GSM Postpaid ग्राहकहरुलाई रु.900 को Package मा प्रति महिना 2GB Data र रु.500 को Free Resource उपलव्ध गर्दै आएकोमा प्रति महिना All Time Data 3.3GB र रु.500 को Free Resource उपलव्ध गराइने छ ।
• माघ २3 देखि फाल्गुन 8 सम्म Register हुने नयाँ GSM Postpaid Mobile ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना All Time Data 1 GB र 100 Minute All Time Voice Bonus उपलव्ध गराइने छ ।
• Tourist Package अन्तरगत रु.500 मा 5GB DATA , NT नेटवर्कमा 50 Min Voice, 50 SMS तथा रु.१०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने Free Resource उपलव्ध गराइने छ । यसैगरी रु.१००० मा 10 GB DATA, NT नेटवर्कमा 100 Min Voice, 100 SMS तथा रु.२०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने Free Resource उपलव्ध गराइने छ ।
• माघ २२ देखि 90 दिन सम्म Daily, Weekly तथा Monthly China Call Package अन्तर्गत क्रमश: रु.३5 मा 10 minute, रु.१5० मा 45 minute र रु.500 मा 165 minute उपलव्ध गराइने छ ।
• २०७४ आषाढसम्मको टेलिफोन बक्यौता बांकी रहेका सर्बसाधारणले 2076 आषाढ मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट गरिने छ ।
• FTTH Migration योजना अन्तर्गत एक बर्षदेखि नियमित ADSL सेबा लिई रहेका ग्राहक तथा ३ महिनाको FTTH package खरिद गर्ने नयाँ ग्राहकहरुलाई FTTH CPE निशुल्क उपलव्ध गराइने छ । यो योजना 3 महिनासम्म लागु हुने छ ।
• नेत्रहिन संघको सिफारिसमा नेत्रहिन ब्यक्तिहरुबाट प्रयोग भईरहेका GSM तथा CDMA मोबाईलहरुमा रु.५०, रु.२०० र रु.३००को All Time Data package खरिदमा शत प्रतिशत बोनस तथा रु.२०० को All Time Voice Package खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराइने छ । यो योजना 90 दिनसम्म लागु हुने छ ।
• Mobile Points of Sale (MPoS) को माध्यमबाट कम्पनीको सेबाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकहरुलाइ बोनस रकम उपलब्ध गराइने छ । यो योजना ६ महिनासम्म लागु हुने छ ।

सो क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लञ्च गरेका थिए । 

हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिनेछ । 

यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । 

हाल सफ्ट लञ्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यवसायिक रुपमा सञ्चालनमा ल्याइने छ । यो सेवा प्रारम्भमा चीन र भारतबाट शुरु गरी क्रमिक रुपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।