काठमाण्डौ । भ्यालेन्टाइन डे जोडीहरुका लागि एक विशेष दिन हो । यो दिन  उनीहरु एकअर्कामा प्रेमभाव साटासाट गरी आफ्नो मनका कुराहरु व्यक्त गर्दछन् । यो दिनलाई सँसारभर प्रेम उत्सवको रुपमा मनाइन्छ र नेपाल पनि यसबाट अछुतो रहन सकेन । 

पहिला यो नेपालमा नमनाइएता पनि विगत केही वर्षदेखि गहिरो रुपमा बढ्दै गएको आधुनिकीकरण तथा पश्चिमेली शैलीको प्रभावले प्रणय दिवस आजकल नेपालमा पनि प्रेमजोडीहरु बीच निकै प्रख्यात हुँदै आइरहेको छ ।

फेब्रुअरी महिनाको शुरुदेखि नै विभिन्न कार्यक्रम गरी प्रेम दिवस मनाउने चलन चल्दै आएको छ ।  फेब्रुअरी १४ गते मनाउने प्रेम दिवस अगाडि नै रोज डे, चकलेट डे, हग डे, टेडी डे जस्ता प्रेम अभिव्यक्त गर्ने विभिन्न दिनहरु नेपाली युवामाझ पनि लोकप्रिय हुँदै आएको छ ।

यसपालि सोमस्र्वी प्रणय दिवस उत्सव मनाउन युवाहरुमाझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगीका साथ प्रस्तुत भएका छन् । यसपटक सोमस्र्वीले “ह्यान्ड हर्ट”लाई प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ । 

“ह्यान्ड हर्ट” कुनै पनि शब्दको प्रयोगबिना हातको औंलाहरु प्रयोग गरी प्रेम अभिव्यक्त गर्ने माध्यम हो । यसमा औंलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ । 

स्वप्न र ज्योत्सनाले आफ्ना औंला प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमस्र्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुनेछ कम्पनीले आशा व्यक्त गरेको छ ।

नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर, जस्टिन विवर, टेलर स्वीफ्ट, लेडी गागा, सेलेना गोमेज, डेमीलोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशी तथा अरु धेरैले “ह्याण्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गरेका छन् ।