काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले श्रीपञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आदर्श मा.वि., मझगावाँ, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ । 

सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिणकुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।