काठमाण्डौ । मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ । 

रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आईफोन एक्स प्रदान गर्ने घोषणा गरेको हो । जसका लागि कम्पनीले केही शर्त समेत तोकेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहकाअनुसार आइफोन एक्सको लक्की ड्रमा सहभागी हुनका लागि गुगल प्ले वा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरेर खाता खोल्नु पर्ने हुन्छ । त्यसपछि रिर्चाजरको फेसबुक पेज लाईक गर्नुपर्नेछ । यसका साथै कम्तीमा १५ जना साथीहरुलाई फेसबुकमा रिफरल ट्याग गर्नुपर्ने छ । 

१५जनाभन्दा बढी साथीहरुलाई रिर्चाजरको एपरिफरल ट्याग गर्नेहरुमध्येबाट गोलाप्रथा गरी एक जनालाई आईफोन एक्स वितरण गरिनेछ  । यो योजना फेब्रुअरी १२ देखि १८ तारिखसम्म चल्नेछ । फेब्रुअरी १८ अर्थात फागुन ७ गते फेसबुक लाइभमार्फत आइफोन एक्सको विजेता छनौट गरिने सिंहले जानकारी दिए । 

साथै रिर्चाजरले आफ्नो ईकमर्श सेवाविस्तार गर्नेक्रममा झण्डै आधादर्जन बढी नयाँफिचर समेत थप गरेको जनाएको छ । अब रिर्चाजर एपमार्फत नै पानी, बिजुली, इन्टरनेटको बिल पनि भुक्तान गर्न सकिनेछ । साथै इन्स्योरेन्सको किस्ता तथा होटल बुकिङको सेवा समेत थप गरिएको छ । अधिकांश भुक्तानी सेवामा अतिरिक्त छुटको साथमा क्यासब्याक समेत उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।