काठमाण्डौ । प्रभू बैंक लिमीटेडले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा वीरगञ्ज शाखा कार्यालयको एक्सटेन्सन काउण्टर स्थापनासँगै संचालनमा ल्याएको छ । 

फागुन ९ गते एक कार्यक्रमका बीच सो एक्सटेन्सन काउण्टर संचालनमा ल्याइएको हो । 

नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले एक समारोहका बीच बैंकको सो काउण्टर उद्घाटन गरेका हुन् ।

यादवले मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई बैंकको एक्सटेन्सन काउण्टर स्थापनाले सहज हुने बताए । 

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको इन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्यनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको समेत सो क्रममा उनले जानकारी दिए । 

सो एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने बैंकको दाबी छ ।