रुपन्देही । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ ।

शंकरनगर शाखा कार्यालयको प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले र कोटिहवा शाखाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गरे ।

सो अबसरमा बैंकले शंकरनगरका स्थानीय जेष्ठ नागरीकहरु १ सय बर्षीय गायत्री ज्ञवाली, ९३ बर्षीय लालबहादुर खड्का, ८९ बर्षीय  कविराज गुरुङ्ग, ८७ बर्षीय पुर्णभद्र तिवारी र ८६ बर्षीय सुमित्रा पोखरेल तथा स्थानीय शान्तिटोल आमा समुहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समुहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समुहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समुहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समुहका अध्यक्ष बिष्णुमाया पोखरेल र महिला उद्यमी संगिता गौतम अर्याललाई सम्मान गरेको थियो ।

यसैगरी, कोटिहवा शाखाको उद्घाटनको अवसरमा बैंकले स्थानीय जेष्ठ नागरीकहरु ९० वर्षीय लक्ष्मी कोइराला, ८४ बर्षीय जंगबहादुर गुरुङ्ग, ८३ वर्षीय एकदेव पाण्डे, ८२ वर्षीय हरीकला पाण्डे र ८१ वर्षीय सैना गुरुङ्ग तथा प्रगतिशिल आमा समुहका अध्यक्ष लक्ष्मी घिमिरे, दुर्गा आमा समुहका अध्यक्ष राधा कोइराला, पशुपति आमा समुहका अध्यक्ष योगमाया पाण्डे र कालिका आमा समुहका अध्यक्ष मिना पाण्डेलाई सम्मान गरेको थियो  ।

बैंकका प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेले सञ्चालन गरेका दुबै कार्यक्रमको अध्यक्षता गर्नु भएका बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक यस क्षेत्रका जनताको प्रतिनिधीमूलक बित्तीय संस्था भएकाले यसले मुनाफालाई मात्र नभई यस क्षेत्रको आर्थिक र उद्यमशिलता बिकासका लागि प्राथमिकतामा राखी सेवा प्रवाह गरिरहेको बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराउँदै स्थापनाको १० वर्ष पूरा गर्न लाग्दा रु. १ अर्ब ६२ करोड चुक्ता पूँजी, रु. १६ अर्व २५ करोड निक्षेप, रु. १४ अर्व ७५ करोड कर्जा र २ लाख ग्राहक भएको प्रदेश नं. ५ को सबैभन्दा ठूलो बिकास बैंकका रुपमा स्थापित भएको बताए।

उनले प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य र समन्वयमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र प्रत्येक घरमा खाता खोल्ने गरी बैंकले योजना बनाएको वताए।

२०६५ फाल्गुण ११ गते बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैंक लिमिटेडमा गुल्मी जिल्लाको तमघासमा केन्द्रीय कार्यालय रहेको रेसुङ्गा विकास बैक लिमिटेड र प्युठान जिल्लाको विजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैक लिमिटेड मर्ज भई बनेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले मिति २०७५ फाल्गुण ११ गते स्थापनाको १० औं बर्ष पुरा गरी ११ औं बर्षमा प्रवेश गर्न लागेको छ ।