काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ । 

बैंकले फागुन १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो ।

सो एटिएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । यो एटिएमको सुरुवात सँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।

बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमास सम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै  २०७५ पुस मसान्त सम्ममा रु. ८५ अर्ब १७ करोड निक्षेप परिचालन गरी रु.७४ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६३ शाखारहित बैकिङ्ग  सेवा समेत गरी जम्मा १५६ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुविधा  प्रदान गरिरहेको छ ।