काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो । 

आइपीओमा आवेदन दिने प्राय सबैले मागेजति नै सेयर पाएका छन् । 

यो कम्पनीले माघ २५ गतेदेखि निश्कासन गरेको आइपीओमा आवेदन दिने समय फागुन ८ गते बन्द गरिएको थियो । 

सर्वसाधारणका लागि कुल ८८ लाख ५७ हजार ५९० कित्ता सेयर निश्कासन गरिएको थियो । 

आइपीओ खरीदका लागि १ लाख ५ हजार १५९ वटा आवेदन परेकामा ४० वटा रद्ध भएका थिए । कुल ३१६० कित्ताका लागि आएको आवेदन रद्ध भई ९२ लाख ४२ हजार १३० कित्ताका लागि आवेदन आएको थियो । 

यो कम्पनीको आइपीओ कसरी बाँडफाँड भयो त ? हेर्नुहोस् यो सूचि: