काठमाण्डौ । प्रभू बैंक लिमीटेडले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्गमा आइतबार शाखा स्थापना गरी संचालनमा ल्याएको छ । 

बैंकले फुङ्गलिङ्ग नगरपालिका वडानम्बर ४ मा एक समारोहका बीच शाखा स्थापना गरी औपचारिक कारोबार थालेको हो । 

सो शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घाटन गरेका थिए । 

शाखा उद्घाटन  समारोहमा स्थानीय व्यापारी व्यवसायी तथा भद्रभलाद्मीको सहभागिता थियो । 

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा मेयर छत्रपति प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेकालाई बैंकिङ्ग सेवा उपलब्ध गराएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । 

शाखा स्थापनाबाट स्थानीयबासीको आर्थिक गतिविधि बढी विकासमा समेत सहयोग पुग्ने बैंकको अपेक्षा छ ।