काठमाण्डौ । सशस्त्र द्वन्द्वकालमा विस्थापित एक शाखा नेपाल बैंकले २ दशकपछि पुनस्र्थापना गरेको छ । 

नेपाल बैंक लिमीटेडले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडानम्बर ३ मुर्गियामा शाखा पुनस्र्थापना गरेको हो । 

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार यो शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको कारणले वि.सं. २०५६ चैत ८ गते स्थानान्तर गरिएको थियो । 

वि.सं.१९९४ सालमा देशको अग्रणी बैङ्कको रुपमा स्थापित नेपाल बैङ्क लिमिटेडले देशका ६१ जिल्लामा १६० शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेटमार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पुर्याइरहेको छ ।