काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउण्टर खोलेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तीय साक्षरता पनि अभिबृद्धि हुने कुरा प्रकाश पारे ।

बैंकले खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिकाअन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्सटेन्सन काउण्टर खोल्ने तयारी गरेको छ ।

यस एक्सटेन्सन काउण्टरबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहजहुनेछ । 

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्नेछ ।  

बैंकले अहिले ७८ वटा शाखाकार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन काउण्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,७८३ वटा पसन मेसिनबाट सेवा दिइरहेको छ ।